मुलुकले विकास खोजेको छ, अस्थिरता होइन
शनिबार, फागुन २०, २०७९
अस्ट्रेलियाद्वारा भारत पराजित
शनिबार, फागुन २०, २०७९
बोर्डर गाभस्कर ट्रफीको तेस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएको छ । इन्दोरमा भएको खेलमा अस्ट्रेलियाले घरेलु टोली भारतलाई ९ विकेटले हराएको हो ।
‘भकभके बोली भएकालाई हेला होइन, माया गरौं’
शनिबार, फागुन २०, २०७९
भकभके बोली भएका व्यक्तिलाई हेला गर्न नहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले भकभके बोल्नेहरु पनि अरु सरह नै काम गर्न सक्ने भएकाले हेला गर्न नहुने बताएका छन् । शुक्रबार तानसेनमा नेपाल भकभके संघ काठमाडौं र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित भकभके बोली सम्बन्धी सचेतनामूलक...
बैंकमा फोनबाटै लोन
शनिबार, फागुन २०, २०७९
एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकि· एपबाटै डिजिटल रूपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एसिया फोन लोन सेवा शुभारम्भ गरेको छ ।
स्ववियु निर्वाचन : पाल्पाको त्रिविमा विद्यार्थी संगठन दर्ता
शुक्रबार, फागुन १९, २०७९
केन्द्रमा राष्ट्रपति निर्वाचनको चटारो परेको बेला जिल्ला जिल्लामा भने स्वयवियु निर्वाचनको चटारो बढेको छ । आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि पाल्पामा विद्यार्थीहरुको चहलपहल बढेको छ । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि ८ विद्यार्थी संघ संगठनले संस्था दर्ता गराएका छन् ।
ग्रीकमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो
शुक्रबार, फागुन १९, २०७९
मध्य ग्रीकमा गत मंगलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको संख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् ।
कांग्रेस सहमतिबाट पछि हट्दैन : गगन थापा
शुक्रबार, फागुन १९, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गरे ।
दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना
शुक्रबार, फागुन १९, २०७९
सरकारले निर्माण सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ ।
‘शान्ति सुरक्षा मजबुतदेखि नागरिकको गुनासो सम्बोधनसम्म’
शुक्रबार, फागुन १९, २०७९
१७ महिना अघि पाल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर पाल्पा आएका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले पहिलो पटक ३ कार्तिक २०७८ मा पाल्पाका पत्रकारहरुसँग कुरा गर्दै जिल्लामा शान्ति सुरक्षा मजबूत बनाउने र शुसासन कायम गर्छु भन्दै प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसको ठिक १७ महिना पछि उनको पाल्पा जिल्ला प्रशासन...
आज विश्व वन्यजन्तु दिवस
शुक्रबार, फागुन १९, २०७९
आज विश्व वन्यजन्तु दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष मार्च ३ मा विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘पृथ्वीका सबै जीवहरूको सुरक्षाका लागि साझेदारी’ भन्ने रहेको छ । यो दिवस सन् १९७३ देखि मनाउन थालिएको हो ।
कुमारी बैंकले विद्युतीय सवारी किन्न कर्जा दिने
शुक्रबार, फागुन १९, २०७९
कुमारी बैंक लिमिटेडले विद्युतीय सवारी साधन किन्न कर्जा दिने भएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएपछि ग्राहकहरुको माग पनि बढ्दै गएको छ । सोही मागलाई मध्यनजर गर्दै बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो ।


