Shittalpati
२० वर्ष पुगी विवाह गर्नेलाई पुरस्कार दिदैं निस्दी गाउँपालिका

पाल्पा, जिल्लाको निस्दी गाउँपालिकाले २० वर्ष पुुगी विवाह गर्ने महिलाई पुरस्कार दिने भएको छ । पालिकाले समाजमा बढिरहेको बालविवाहलाई रोक्ने उद्देश्यले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगी विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने भएको हो ।

बालमैत्री गाउँपालिका घोषणाका लागि अभियानमा जुुटेको पालिकाले साउन १ देखि बैशाख ३१ गते सम्म गाउँपालिका भित्र स्थायी बसोबास गर्ने महिलाहरुलाई पुुरस्कार दिने बताएको छ । बालविवाह न्यूनिकरण गर्नुको साथै छोरीहरुलाई उच्च शिक्षाको पहुँचसम्म पुु¥याउन उत्प्रेरित गर्ने उद्देश्यले प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्न लागिएको गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले बताईन् ।  उनले भनिन् ‘२० वर्ष पुगी विवाह गर्नेलाई पुरस्कार दिदै निस्दी गाउँपालिका उमेर नपुगी हुने विवाह रोक्न गाह्रो हुन थालेपछि यस्तो नीति अवलम्वन गरिएको हो ।’ पालिकाले यस अघि नै पुुरस्कारका लागि निवेदन समेत आÞवान गरेको थियो । सो निवेदनका आधारमा पुरस्कृत गरिने छ । प्रोत्साहन पुरस्कार नगद सहित प्रदान गरिने गाउँपालिकाले जनाएको छ । पालिकाले महिला लक्षित कार्यक्रममार्फत पुुरस्कार दिन लागेको हो । गाउँपालिकाले यस अघि गाउँपालिका भित्रका स्नातकोत्तर उत्तीर्ण महिलाहरुलाई नगद सहित सम्मान गरेको थियो । उसले स्नाकोत्तर उर्तिण १० जना महिलालाई नगद ५ हजार सहित दोसल्ला, सम्मान पत्रले सम्मान गरेको थियो । वडा कार्यालयहरुमार्फत तथ्याड्ढ संकलन गरेर पालिकाले उनीहरुलाई १ सय १३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सम्मान गरेको हो ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update