Shittalpati
कालिका मन्दिरमा रु ४५ लाख भेटी सङ्कलन
कालिका मन्दिरमा रु ४५ लाख भेटी सङ्कलन बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा रु ४५ लाख भेटी सङ्कलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा रु ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ । 
हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा
हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटक-पटक अवरुद्ध बनेको छ । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन् । 
कृषि एम्बुलेन्सले किसानलाई राहत
कृषि एम्बुलेन्सले किसानलाई राहत पनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ ।
वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती
वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन् । “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो । 
अध्यादेशको चर्चा
अध्यादेशको चर्चा केही दिन यतादेखि सरकारले राजनीतिक दल विभाजन गराउन अध्यादेश ल्याउन लागेको चर्चा चर्कै रुपमा चलिरहेको छ । गृहकार्यस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सत्ता घटक काँग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग व्यापक रुपमा छलफल अघि बढाएपछि अध्यादेशको चर्चा चलेको हो । एमालेबाट विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा तीन वर्षअघि गठन भएको...
नेता कार्यकर्तालाई पार्टी सिद्धान्तको बारेमा स्पष्ट पार्न जरुरी छ : काँग्रेस नेता श्रेष्ठ
नेता कार्यकर्तालाई पार्टी सिद्धान्तको बारेमा स्पष्ट पार्न जरुरी छ : काँग्रेस नेता श्रेष्ठ नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले नेता कार्यकर्तालाई पार्टी सिद्धान्तको बारेमा स्पष्ट पार्न जरुरी रहेको बताएका छन् ।
रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन
रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन रुपन्देहीमा सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहेका बेला सहकारी पीडितहरू भने बचत फिर्ता र रकम अपचलन गर्नेलाई कारवाहीको माग गर्दै सरकारी वकिल कार्यालय नजिकै प्रदर्शनमा उत्रिएका हुन् ।
कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु
कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिनुभएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताए । 
राति ११ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग
राति ११ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग तुलसीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन् । कोरोना पछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको भन्दै राति ११ बजेसम्म खोल्न पाउनुपर्ने माग राख्दै आएका हुन् । 
सार्वजनिक जग्गामा ‘बुद्धपार्क’
सार्वजनिक जग्गामा ‘बुद्धपार्क’ झाँडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । झाँडीले भरिएको चौरले पर्यटकीय रूप फेर्ला भन्ने कसैले पनि सोचेका थिएनन् । रामपुर नगरपालिका–६ स्थित तीसमुरे चौर (हालको बुद्धपार्क)लाई स्थानीयको सक्रियतामा अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास गरेपछि पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । तीन वर्ष पहिला यहाँ देख्ने जोकोहीले...
Weather Update