Shittalpati
राप्ती लोकमार्ग विस्तार गर्दा मुआब्जा दिन माग
राप्ती लोकमार्ग विस्तार गर्दा मुआब्जा दिन माग दाङको राप्ती लोकमार्गअन्तर्गत बजार क्षेत्रका बासिन्दाले राप्ती लोकमार्ग अन्तर्गतका सडक स्तरोन्नति गर्न माग गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई सडक स्तरोन्नति गर्न ध्यानाकर्षण समेत गराएका छन् । राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेले सडक स्तरोन्नति लागि कहिल्यै १५ मिटर छोड्नु पर्ने त, कहिल्यै २५ मिटर छोड्नु पर्ने...
तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते
तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका छन् ।     
तानसेन नगर सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
तानसेन नगर सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित  जिल्लाको तानसेन नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगरपालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो । उसले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँबाट समाधान गर्ने प्रयास गरेको छ । नगरपालिकाले गत आइतबारदेखि...
तिहार र बजार भाउ
तिहार र बजार भाउ फूल, झिलिमिली बत्ति र मिठाइको पर्व मानिने तिहार हिन्दु नेपालीहरुको घर आगनमा आइसकेको छ । व्यापारीहरुले तिहारका लागि आवश्यक पर्ने सामान बजारमा सजाइसकेका छन् । तिहारको चहलपहलले बजार पनि तातिसकेको छ । तिहारमा घर सजाउने झिलिमिली बत्ति, खाद्यन्न, फलफूल, पोसिला ड्राइ फ्रुटदेखि र कृतिम तथा सक्कली फूलका मालासम्मका व्यापार निकै...
पाल्पा, गुल्मीसहित १७ जिल्लाका सीडीओ फेरिए
पाल्पा, गुल्मीसहित १७ जिल्लाका सीडीओ फेरिए गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी  (सीडीओ)सहित २७ जना सहसचिव र उपसचिवको सरूवा गरेको छ । गृहले पाल्पा, गुल्मी,रूपन्देही, पर्सा, महोत्तरी, सप्तरी, भक्तपुर र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो ।
एक महिनापछि गुल्मीबाट पुनः उडान
एक महिनापछि गुल्मीबाट पुनः उडान विगत एक महिनादेखि नियमित रुपमा उडान हुन नसकेको गुल्मीको रेसुङ्गा विमानस्थलको उडान पुनः सुरु भएको छ । मौसम खराबका कारण गत असोज ४ गतेदेखि नियमित हुन नसकेको उडान शुक्रबारदेखि भने पुनः सुरु भएको हो । अवरुद्ध पछि पहिलो पटक बुधबार उडान भए पनि शुक्रबारदेखि भने नियमित रुपमा उडान सुरु भएको...
तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन
तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु ६ करोड राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा सो अवधिमा रु तीन  करोड...
भत्किएको कोठामा कार्यालय प्रमुख
भत्किएको कोठामा कार्यालय प्रमुख जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला छ । सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ । त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो । तर, त्यही समितिका कार्यालय प्रमुख बस्ने कोठा सुरक्षित छैन । सोही रङ्गशालासँगै निर्माण भएको नयाँ भवन अस्तव्यस्त छ । छतमा राखिएको जिप्सन पूरै...
आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल
आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गरेका छन् । दुई दशक विदेश मजदुरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थालेका हुन् । 
दरबन्दी नपाएपछि पठनपाठनमा समस्या
दरबन्दी नपाएपछि पठनपाठनमा समस्या तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।
अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने
अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने यहाँको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो ।
Weather Update