Shittalpati
तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक  माघ १७ देखि बन्द हुुने
तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक  माघ १७ देखि बन्द हुुने जिल्लाका  दुई मुुख्य सडक खण्ड माघ १७ गतेदेखि बन्द हुने भएका छन् । यहाँका  तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग– रामपुर सडक  निश्चित समयका लागि बन्द हुने भएका  हुन् । 
पाल्पामा दुर्घटना रोक्न ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिदैं
पाल्पामा दुर्घटना रोक्न ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिदैं सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै पाल्पामा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने भएको छ । चालक, सहचालक र यात्रुको शारिरिक अस्वास्थताका कारण समेत दुर्घटना बढ्ने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पाका विभिन्न क्षेत्रमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने भएको हो ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धका उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धका उम्मेदवार विजयी लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् ।
गुल्मी जेसीजमा नयाँ नेतृत्व, अध्यक्षमा सुवेदी
गुल्मी जेसीजमा नयाँ नेतृत्व, अध्यक्षमा सुवेदी  गुल्मी जेसीजमा  नयाँ नेतृत्व आएको छ ।  युवा नेता पूण्यप्रसाद सुवेदीको नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ समिति चयन भएको हो । 
सडक र पुल निर्माणका विषयमा गुल्मी काँग्रेसको ध्यानाकर्षण
सडक र पुल निर्माणका विषयमा गुल्मी काँग्रेसको ध्यानाकर्षण नेपाली काँग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । काँग्रेसले गुल्मी जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरउन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य समयमा नभएकाले त्यस क्षेत्रका आम जनताहरु समस्यामा परेको भन्दै सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।
पाल्पामा ९ महिने बालकलाई लाग्यो विश्वकै दुर्लभ रोग, उपचारमा सहयोग गर्न परिवारको अपिल
पाल्पामा ९ महिने बालकलाई लाग्यो विश्वकै दुर्लभ रोग, उपचारमा सहयोग गर्न परिवारको अपिल पाल्पामा ९ महिने बालकमा ‘इस्पाइनल मस्कुलर एट्रोफी’ (एसएमए) नामक रोग भेटिएको छ । तानसेन नगरपालिका–११ बाझाका महेन्द्र विष्ट र सिर्जना भट्टराई विष्टको ९ महिने छोरा सिर्जम विष्टमा यस्तो रोग भेटिएको हो ।
एसईई परीक्षा चैत १५ गतेदेखि हुने
एसईई परीक्षा चैत १५ गतेदेखि हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
रुपन्देहीमा चिसोका कारण धमाधम बन्द हुँदै विद्यालय
रुपन्देहीमा चिसोका कारण धमाधम बन्द हुँदै विद्यालय केही दिन यता रुपन्देहीमा बाक्लो हुस्सु र शितलहरसँगै चिसो बढेपछि धमाधम विद्यालय बन्द हुन थालेका छन् । अत्यधिक चिसो बढेको भन्दै यहाँका स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । बढ्दै गएको चिसोका कारण बालबालिकामा समस्या हुने भन्दै स्थानीय सरकारले विद्यालय बन्द गर्न निर्देशन दिएका छन् ।
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  जिल्लाको रम्भा गाउँपालिका–१ पिपलडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
एनसीसी कपको उपाधि तानसेनको एमआइबीलाई
एनसीसी कपको उपाधि तानसेनको एमआइबीलाई नारायणडाँडा क्रिकेट क्लव तानसेन–१ ले आयोजना गरेको नारायणडाँडा क्रिकेट  कप (एनसीसी) २०८० को उपाधि एमआइबी तानसेनले जितेको छ ।
सियारी गाँउपालिकाद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री 
सियारी गाँउपालिकाद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री  रुपन्देहीको सियारी गाँउपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामग्री दिएको छ । पालिकाले ११ जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री दिएको हो ।
 संस्कृति संरक्षणमा धुर्कोट गाउँपालिका : नौमती बाजा संरक्षण गर्न विद्यार्थी र महिलालाई प्रशिक्षण
 संस्कृति संरक्षणमा धुर्कोट गाउँपालिका : नौमती बाजा संरक्षण गर्न विद्यार्थी र महिलालाई प्रशिक्षण गुल्मीको धुर्कोट गाउँपालिकाले नौमती बाजा संरक्षणका लार्गि  विद्यार्थी र महिलालाई प्रशिक्षण दिएको छ । नौमती बाजा नयाँ युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यसहित गाउँपालिकाको वडा नम्बर–१, स्थित नयाँगाउँ माध्यमिक विद्यालयमा दश दिनसम्म कक्षा ६ र ७ मा अध्ययरत विद्यार्थी र यहाँका जनजाति महिलालाई सो प्रशिक्षण प्रदान गरिएको हो । 
Weather Update