तानसेनमा ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान
शनिबार, माघ २०, २०८०
रामपुर एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा
शनिबार, माघ २०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगर सरकारले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
गुल्मीमा खसीबोका बिक्रीबाट मनग्य आम्दानी
शनिबार, माघ २०, २०८०
गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन् । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन् ।
अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
शनिबार, माघ २०, २०८०
अर्घाखाँचीको ढाकावाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जिप शनिबार बिहान दुर्घटना भएको हो ।
नबिलको उद्यमशील कर्जा योजना
शुक्रबार, माघ १९, २०८०
नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको हो ।
पाल्पामा जेसिजको संसदीय प्रणाली सम्बन्धी तालिम
शुक्रबार, माघ १९, २०८०
पाल्पा जेसिज वर्ष २०२४ ले संसदीय सभा प्रणाली सम्बन्धी दुुई दिने राष्ट्रियस्तरको तालिम तानसेनमा सञ्चालन गरेको छ । जेसिजमा आवद्ध जेसी सदस्यहरुलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाइ राख्ने शैली लगायतका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबारदेखि तालिम सञ्चालन गरिएको हो ।
आन्तरिक पर्यटन प्रवर्धनमा ‘नेशनल लाईफ’
शुक्रबार, माघ १९, २०८०
नेपालकै सबैभन्दा पुरानो बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले वित्तिय क्षेत्रसँगै पर्यटन प्रवर्धननमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कम्पनीले बेला–बेलामा आफ्ना अभिकर्ता, कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप देशका प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन, भ्रमण गराई आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँदै आएको हो ।
एनसेल घोटलाका विरुद्ध पाल्पा शान्ति समाज, गर्यो साताव्यापी विरोध प्रदर्शन
बिहीबार, माघ १८, २०८०
मानव अधिकार तथा शान्ति समाज पाल्पाले साताव्यापी कार्यक्रमको आयोजना गरी एनसेल घोटला प्रकरणको विरोध गरेको छ । समाजले तानसेनमा माघ १२ गतेदेखि जिल्ला प्रशान कार्यालय अगाडिबाट सुरु गरेको विरोध प्रर्दशन तानसेनका विभिन्न चोक चोकमा गरेको थियो ।
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन पेश
बिहीबार, माघ १८, २०८०
प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ ।
गुल्मीमा पनि ‘समुदायमा काँग्रेस’ अभियानको सुरुवात, अभियान प्रभावकारी बनाउन जुट्यो काँग्रेस
बुधबार, माघ १७, २०८०
‘गुल्मी काँग्रेसको अठोट, सवल वडा, सक्षम टोल’ भन्ने अभियानलाई निरन्तरता दिदै आएको गुल्मी काँग्रेसले देशव्यापी रुपमा सञ्चालनमा आएको ‘समुदायमा काँग्रेस’ अभियानलाई समेत जिल्लाका सबै वडा, टोलमा पुर्याउने गरी अगाडि बढेको छ ।
नेपाली काँग्रेस पाल्पाले गर्यो रामपुरमा प्रशिक्षण
मंगलबार, माघ १६, २०८०
नेपाली काँग्रेस पाल्पाले रामपुरमा प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाली काँग्रेस प्रशिक्षण शाखाको आयोजना र काँग्रेस रामपुर नगर समितिको संयोजनमा एकदिवसीय प्रशिक्षण कार्यक्रम भएको हो ।
गुल्मीमा दुई आयुर्वेद पसल सिल
सोमबार, माघ १५, २०८०
जिल्लाको तम्घासमा रहेका दुई आयुर्वेद पसल सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले रेसुङ्गा नगरपालिका –८ मा रहेको आयुर्वेदिक र सफल होमियोप्याथिक आयुर्वेदिक औषधी पसल सिल गरेको हो ।


