Shittalpati
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो । 
दल त्याग गरेका कारण गुल्मी छत्रकोटकी वडा सदस्य नेपाली पदमुक्त
दल त्याग गरेका कारण गुल्मी छत्रकोटकी वडा सदस्य नेपाली पदमुक्त गुल्मीको छत्रकोट गाउँपालिका –५ की दलित महिला वडासदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो ।
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र तनहुँमा भएका छुुट्टाछुुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
विद्यार्थीले एक–आपसमा कपाल काट्छन्
विद्यार्थीले एक–आपसमा कपाल काट्छन् गाउँमा कपाल काटिदिने कोही पनि छैनन् । कपाल काट्न सक्ने जनशक्ति सबै रोगजारको सिलसिलामा देश बाहिर छन् । पछिल्लो समय विद्यार्थी कपाल नकाटेर विद्यालय आउन थालेपछि तुलसीपुर उपमहानगरपालिका–१९ स्थित नवजागरण माध्यमिक विद्यालय कुटिचौरका प्रधानाध्यापक टङ्क केसीले आफैँ विद्यार्थीको कपाल काट्न सुरु गरे । 
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ । 
तोलामा एक सयले घट्यो सुनको मूल्य
तोलामा एक सयले घट्यो सुनको मूल्य स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ ।
बागलुङबाट बेपत्ता दुई किशोरीको उद्धार
बागलुङबाट बेपत्ता दुई किशोरीको उद्धार बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभित्ता र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।
पाल्पामा गिद्ध लोप हुँदै गएकोमा चिन्ता
पाल्पामा गिद्ध लोप हुँदै गएकोमा चिन्ता गिद्ध प्रकृतिका कुचिकार मानिन्छन् । मरेका सिनो खाएर गिद्धले वातावरण स्वच्छ राख्न मद्धत गर्छ । पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न पनि गिद्धको महत्वपूर्ण भूमिका रहने गर्छ । गिद्धहरुले मरेको पशुपन्छीको सिनो खाएर वातावरण दुर्गन्ध हुनबाट जोगाउँछन् ।
आत्महत्या गर्नबाट बचाऔं
आत्महत्या गर्नबाट बचाऔं विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ मूल नाराका साथ यसवर्षको विश्व आत्महत्या रोकथाम दिवस मंगलबार मनाइएको छ ।
दशैंका लागि १३ असोजदेखि नोट साट्न पाइने
दशैंका लागि १३ असोजदेखि नोट साट्न पाइने दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने जनाएको हो ।
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तीन दिन भव्य रुपमा मनाउने
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तीन दिन भव्य रुपमा मनाउने लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई तीन दिनसम्म विविध कार्यक्रम गरी भव्य रुपमा मनाउने भएको छ । प्रदेश सरकारले आगामी असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने भएको हो ।
Weather Update