गण्डकी प्रदेश पूर्वमन्त्री मनाङे पक्राउ
मंगलबार, कात्तिक २७, २०८१
रविलाई भैरहवा ल्याइयो
मंगलबार, कात्तिक २७, २०८१
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलनको विषयमा अनुसन्धान गर्न भैरहवा ल्याइएको छ ।
पाल्पा दरबार संग्रहालय २४ सै घण्टा उज्यालो
मंगलबार, कात्तिक २७, २०८१
लुम्बिनी प्रदेश सरकार मातहतमा रहेको पाल्पाको ऐतिहासिक पाल्पा दरबार संग्रहालयलाई २४ सैं घण्टा उज्यालो बनाइएको छ । वैकल्पिक उर्जाको व्यवस्था गरिएसँगै संग्रहालयलाई जुनसुकै बेला पनि उज्यालो हुने बनाइएको हो ।
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
मंगलबार, कात्तिक २७, २०८१
आज हरिबोधिनी एकादशी तुलसीको विवाह गरिँदै छ । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतिकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ...
विश्व निमोनिया दिवस मनाइँदै
मंगलबार, कात्तिक २७, २०८१
आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन यो दिवस मनाउन सुरु गरिएको हो ।
पाल्पा जेसीज र ‘युवाको प्रश्न नेतृत्वसँग’ को बहस
मंगलबार, कात्तिक २७, २०८१
‘शासन व्यक्तिको होइन विधिको हुनु पर्दछ’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्र्दै १८ देखी ४० वर्ष भित्रका युवाहरुको व्यक्तित्व, नेतृत्व र उद्यमशीलता विकास गर्ने अन्तर्राष्ट्रिय संस्था जेसीज हो ।
चिसोमा निमोनिया हुन सक्छ, ख्याल गरौं
मंगलबार, कात्तिक २७, २०८१
यतिबेला चिसो बढ्दो छ । चिसो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया जस्ता समस्याहरुले बढी नै सताउने गर्छ । त्यसमाथि बालबालिका, वृद्ध तथा गर्भवती र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई जाडोको यो समयमा धेरै रोग लाग्ने गर्छ । जाडो याम सुरु भएलगत्तै धेरै रोगले सताउने भएकाले उनीहरूका लागि जाडो शत्रुबराबर हुन्छ ...
भोली रामपुर नगरपालिकाले दियो सार्वजनिक बिदा
सोमबार, कात्तिक २६, २०८१
हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।
संघ र प्रदेश सरकारको बेरुजु साढे २१ अर्ब
सोमबार, कात्तिक २६, २०८१
गत आर्थिक वर्ष २०८०/८१ मा संघ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम रु२१ अर्ब ५१ करोड ९६ लाख...
नेप्से निरन्तर उकालो यात्रामा
सोमबार, कात्तिक २६, २०८१
सेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर उकालो यात्रामा रहेको छ । आइतबार ६२ दशमलव ५४ अंकले उकालो लागेको नेप्से सोमबार पनि उकालै यात्रामा रहेको हो ।
रवि लामिछानेलाई भोली भैरहवा ल्याइँदै
सोमबार, कात्तिक २६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि भोली (मंगलबार) भैरहवा ल्याइँदै छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको कसुरमा जारी रहेको अनुसन्धानका लागि बयान लिन रविलाई भैरहवा ल्याउन लागिएको हो ।
बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
सोमबार, कात्तिक २६, २०८१
बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्युु भएको छ । जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जिप सोमबार बिहान साढे आठ बजे ढुंगाखानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।