Shittalpati
रानीघाट महादेव गुठी, दरवार र पर्यटन
रानीघाट महादेव गुठी, दरवार र पर्यटन पाल्पाको रानीघाटस्थित रानीमहल (रानीघाट दरवार) केवल एउटा प्रेमिल मनको कल्पनाले श्रृजित दरबार मात्र होइन । यो  एउटा अविश्मरणिय र अभेद्य प्रेम, इतिहास, कला, वास्तुकला, धर्म, प्रकृति र नेपाली समाजको सांस्कृतिक स्मृतिलाई एकै ठाउँमा जोड्ने अनुपम सम्पदा हो ।
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो करिब ४ घण्टादेखि अवरुद्ध सिद्धार्थ राजमार्ग खुलेको छ । बुधबार राती परेको अविरल वर्षाका कारण अवरुद्ध सडक विहीबार दिउँसो ३ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।
छात्राको मृत्युपछि मिलेनियम स्कुलमा दुई दिन शोक बिदा
छात्राको मृत्युपछि मिलेनियम स्कुलमा दुई दिन शोक बिदा तानसेनस्थित मिलेनियम सेकेन्डरी स्कुल प्रा.लि.ले  स्कुलमा अध्ययनरत छात्राको मृत्यु भएपछि २ दिन शोक बिदा दिएको छ ।
हराउँदै कोदो, बढ्दै माग
हराउँदै कोदो, बढ्दै माग पाल्पा, गुल्मीसहित पहाडका बारीहरूमा कुनै समय हरियाली छर्दै लहलहाउने कोदो अहिले विस्तारै ओझेल पर्दै गएको छ । बिहान बारीतिर जाँदा कोदोका बाला हावासँगै लहराइरहेको दृश्य ग्रामीण जीवनको परिचय मानिन्थ्यो । 
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्चिम, कैलाली, रोल्पा, सुर्खेत, मोरङ, पाँचथर, कञ्चनपुर, बाँके, चितवन लगायतका स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ परेका हुन् ।
राष्ट्रिय कृषि नीति, २०८३ जारी
राष्ट्रिय कृषि नीति, २०८३ जारी कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ ।
स्तनपानबारे सचेतना आवश्यक
स्तनपानबारे सचेतना आवश्यक आमाको दूध शिशुको पहिलो, पूर्ण र सबैभन्दा सुरक्षित आहार हो । जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्नु र जीवनको पहिलो छ महिनासम्म केवल आमाको दूध मात्र खुवाउनु शिशुको स्वस्थ विकासका लागि अत्यन्त आवश्यक मानिन्छ ।
‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’
‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’ माइतीले दिएको सुन बेचेर धुलिखेलकी सीता बजगाईँ कुवेतमा घरेलु श्रमिकका लागि पुगिन् । घर खर्च जुटाउन सुन बेचेर विदेशिनु उनको बाध्यता थियो । त्यसमा पनि साना नानीहरूलाई कोठा भाडामा राखेर समुन्द्रपारि जानु उनका लागि सजिलो थिएन । 
रामपुरमा सार्वजनिक सुनुवाइ : विकास निर्माणका लागि सहकार्यमा जोड
रामपुरमा सार्वजनिक सुनुवाइ : विकास निर्माणका लागि सहकार्यमा जोड जिल्लाको रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । कार्यक्रममा गत आर्थिक वर्षको प्रगति, बजेट कार्यान्वयन, सेवा प्रवाह तथा नगरवासीका गुनासा र सुझावमाथि छलफल गरिएको थियो ।
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
अवैध लागूऔषध सहित पाँच जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार  सिन्दुलीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका हुन् ।
Weather Update