तानसेनमा खानेपानीको समस्या हट्यो
बुधबार, जेठ १६, २०८१
तानसेनको छापथोकका घर–घरमा खानेपानी
बुधबार, जेठ १६, २०८१
जिल्लाको तानसेन नगरपालिका –५ छापथोकका घर–घरमा खानेपानी पुगेको छ । तानसेन खानेपानी उपभोक्ता समितिको पहलमा सिस्नेमुलको पानी घर–घरमा पुगेको हो ।
पत्रकार महासंघ पाल्पाको निर्णयप्रति नेपाल प्रेस युनियनको आपत्ति
बुधबार, जेठ १६, २०८१
नेपाल प्रेस युनियन पाल्पाले नेपाल पत्रकार महासंघ पाल्पाको निर्णयप्रति आपत्ति जनाएको छ । महासंघले सदस्यता शुद्धीकरण अभियान अन्तर्गत आफ्नो अनुकूल र स्वः मापदण्ड बनाएर केन्द्रीय समितिलाई पुरानै सिफारिसलाई सदर गर्न आग्रह गरेको निर्णप्रति युनियनले आपत्ति जनाएको हो ।
काँग्रेस नेताहरुको पहलमा इस्मा आगलागी पीडितलाई सहयोग
बुधबार, जेठ १६, २०८१
काँग्रेस नेताहरुको पहलमा गुल्मी इस्माका आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ र काँग्रेस गुल्मीकी नेतृ सुनिता जिसी कुुंवरको विशेष पहलमा आगलागी पीडितका लागि आर्थिक सहयोग गरिएको हो ।
महिलाहरुलाई नेतृत्व विकासका लागि तालिम दिदै पाल्पा जेसिज
बुधबार, जेठ १६, २०८१
पाल्पा जेसिजले महिलाहरुलाई नेतृत्व तथा क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ । जेसिजले तानसेन नगरपालिका –५ को आर्थिक सहयोगमा तानसेनमा दुुई दिने प्रभावकारी सञ्चार, सीप तथा भाषण कला तालिम सञ्चालन गरेको हो ।
देवदह खयरडाँडामा पुन : उत्खनन
बुधबार, जेठ १६, २०८१
रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा आजदेखि पुनः उत्खनन सुरु गरिएको छ । देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह –९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन सुरु गरिएको हो ।
सरकारले ल्यायो १८ खर्ब ६० अर्बको बजेट
बुधबार, जेठ १६, २०८१
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेको बताएका हुन् । कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१ दशमलव ३१...
प्रतिपक्षसँग सरकार झुक्यो, संसदीय समिति गठन गर्न सहमति
बुधबार, जेठ १६, २०८१
सरकार प्रमुख प्रतिपक्षी दलको माग सम्बोधन गर्न झुकेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सदन र सडक दुवै स्थानमा आवाज बुलन्द हुँदै गएपछि सरकार अन्ततः झुकेको हो ।
महिनावारीमा विभेद नगरौं
बुधबार, जेठ १६, २०८१
महिनावारी भनेको महिलाको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो महिलाका शरीरमा भएका हर्मोनको मात्रामा आउने परिवर्तनको कारणले हुने गर्छ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो ।
पाल्पाबाट पठाएको पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह
मंगलबार, जेठ १५, २०८१
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले सिफारिस गरेर पठाएका पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह गरेको छ । शाखाले २०८० साल असार ५ गते सम्पन्न कार्यसमितिको बैंठकले सिफारिस गरेका पत्रकारहरुको सदस्यता कायम राख्न लिखित रुपमा आग्रह गरेको हो ।
पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट, लुम्बिनीलाई ‘बर्थिङ’ हब बनाइने
मंगलबार, जेठ १५, २०८१
सरकारले पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा सो बजेट विनियोजन गरेको बताएका हुन् ।
बजेट वक्तव्य : प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब विनियोजन
मंगलबार, जेठ १५, २०८१
सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ ।


