आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
शुक्रबार, भदौ २१, २०८१
स्वास्थ्यको ख्याल गरेर मात्र तिजको व्रत बसौं
शुक्रबार, भदौ २१, २०८१
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
विहीबार दर खाएर पहिलो दिनको तिज मनाएका महिला दिदीबहिनीहरु आज तिजको निराहार व्रत...
लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा
बिहीबार, भदौ २०, २०८१
लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन भोली (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।
शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य
बिहीबार, भदौ २०, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा पुगेका उनले सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार ध्यान दिन आग्रह गरेका हुन् ।
पोखरीमा डुबेर तीन जनाको मृत्यु
बिहीबार, भदौ २०, २०८१
धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौरास्थित पोखरीमा डुबेर ३ जना बालकको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरीमा डुबेर सोही ठाउाँ दिलिप साहको छोरा ७ वर्षीय आयुस कुमार साह, सबैला नगरपालिका–१ का परशुराम साहको छोरा १२ वर्षीय सुशान्त प्रसाद साह र महोत्तरी बर्दिबास नगरपालिका–६ बस्ने सरोज कुमार साहको छोरा...
भड्किलो तिज
बिहीबार, भदौ २०, २०८१
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज पर्व हिजोआज भड्किलो बन्दै गएको छ । तिजको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भए पनि अहिले आएर महिनौंअघिदेखि दर खुवाउने परम्पराले विकृति पैदा गरिरहेको छ ।
आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस
बिहीबार, भदौ २०, २०८१
मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र सरकारी तवरबाट बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरि मनाउँदै छन् ।
तिज : सद्भाव र संस्कृतिका रुपमा मनाऔं
बिहीबार, भदौ २०, २०८१
आज तिजको पहिलो दिन दर खाएर मनाइँदै छ । माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठा(मीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् । विशेष गरी विवाह गरेर गएका छोरीचेलीहरू माइतीघरमा आएर खिर, घिउ, दूध, दही, मिठाई, फलफूललगायतका परिकारलाई दरको रूपमा खाने गर्छन् ।
निष्ठाको राजनीतिक कायम राख्छौ : नेता भण्डारी
बुधबार, भदौ १९, २०८१
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा प्रजातन्त्र सेनानी स्व.ठाकुर चन्द्र (विप्र) कोइरालाको निष्ठानको राजनीति कायम राख्ने बताएका छन् । बधुबार नेपाली काँग्रेस पाल्पाले स्व. कोइरालाको निवास तानसेन –६ बर्तुङ्गमा सातौं दिनको पूण्य तिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै...
मुलुक पछाडी फर्कनु हुन्न, अब परिवर्तनको बाटोमा जानुपर्छ : डा. भण्डारी
बुधबार, भदौ १९, २०८१
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले मुलुक अब परिवर्तनको बाटोमा जानुपर्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले मुलुक अब परिवर्तनको बाटो अघि बढ्नुपर्ने बताएका हुन् ।


