Shittalpati
सत्ता राजनीतिमा ‘उथलपुथल’
सत्ता राजनीतिमा ‘उथलपुथल’ मध्यरातमै सत्ता राजनीतिकमा ‘उथलपुथल’ आएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई ढालेर काँग्रेस र एमालेले संविधान संशोधनको एजेण्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने गरी सहमति गरेपछि एकाएक सत्ता राजनीतिमा ‘उथलपुथल’ आएको हो ।
महिलालाई जुत्ता, चप्पल बनाउने तालिम
महिलालाई जुत्ता, चप्पल बनाउने तालिम बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई जुत्ता, चप्पल बनाउने तालिम दिएको छ । उपमहानगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले १० दिने जुत्ता बनाउने तालिम दिएको हो ।
भट्टराईको पहलमा छेर्लुङ्गका किसानलाई आँप र लिचीका बिरुवा
भट्टराईको पहलमा छेर्लुङ्गका किसानलाई आँप र लिचीका बिरुवा सामाजिक, राजीतिक तथा व्यवसायिक व्यक्तित्व किशोर भट्टराईको पहलमा तानसेन नगरपालिका–१३ छेर्लुङ्ग र बौगागुुम्बाका किसानलाई आँप र लिचीका विरुवा वितरण गरिएको छ ।
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् ।
किन खस्किँदैछ एसईई नतिजा ? के छन् सुधारका उपाय ?
किन खस्किँदैछ एसईई नतिजा ? के छन् सुधारका उपाय ? माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत बिहीबार प्रकाशन भएको छ । विगत ८ वर्षको अभ्यासलाई तोड्दै नयाँ ढंगबाट नतिजा प्रकाशन भएसँगै सो नतिजालाई लिएर विभिन्न खालका बहसहरू सुरु भएका छन् । अन्य दिनमा कानमा तेल राखेर बस्ने, नतिजा आएपछि विभिन्न होटल तथा चोकमा बसेर व्याख्या, विश्लेषण र चिन्तन मनन...
रोल्पा परेवा छहरा जिप दुर्घटना : सातको मृत्युु, आठजना घाइते
रोल्पा परेवा छहरा जिप दुर्घटना : सातको मृत्युु, आठजना घाइते रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।  रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा आठजना घाइते भएका छन् ।
काँग्रेस–एमाले सत्ता समीकरणमा सहमति
काँग्रेस–एमाले सत्ता समीकरणमा सहमति नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको छ । सोमबार राति  दुुई ठूला दलबिच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने गरी सत्ता सहकार्यको सहमति भएको  हो ।
पाल्पासहित लुुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा
पाल्पासहित लुुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा  पाल्पासहित लुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुलेटीनमार्फत लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी,कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, प्युठान, नवलपसारी पश्चिम, रोल्पा र रुकुमपूर्व बाढी पहिरोको उच्च जोखिममा रहेका बताएको हो ।
बुटवलका १६ वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त घोषणा
बुटवलका १६ वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त घोषणा बुटवल उपमहानगरपालिकाका  १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा भएका छन् । पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८० अनुसार ति वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा  गरिएको हो ।
खेलकुद पत्रकार दिवसको सार्थकता
खेलकुद पत्रकार दिवसको सार्थकता आज जुलाई २ अर्थात विश्व खेलकुद पत्रकार दिवस । खासमा समाजमा खेलकुद पत्रकारले खेल्ने महत्वपूर्ण भूमिकाको सम्मानका लागि विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ ।
इन्धनको मूल्य बढ्यो 
इन्धनको मूल्य बढ्यो  नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो ।
Weather Update