बगनासकालीमा सामाजिक सुरक्षा भत्ता लिन ३ हजार १ सय सूचिकृत
बिहीबार, असोज १०, २०८१
आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै
बिहीबार, असोज १०, २०८१
अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको हो । राष्ट्रसंघको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट घोषणा भएसँगै सेप्टेम्बर २६ का दिन...
प्रभास क्षेत्रको सम्भावना र अवसर, खाँचो इच्छा शक्तिको
बिहीबार, असोज १०, २०८१
सिद्धार्थ राजमार्ग (बेहलिया देखि पोखरा) को तानसेन नगरपालिका खण्डमा पर्ने यो क्षेत्र तानसेन नगरपालिकाको वडा नं. ७ मा पर्दछ । प्रभास एक सिमसार क्षेत्र (धार्मिक र सांस्कृतिक क्षेत्र) पनि हो । यो राजमार्गको एक आकर्षक स्थान हो ।
परमाणु हतियार निर्मूल दिवसको सन्दर्भ
बिहीबार, असोज १०, २०८१
आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक सेप्टेम्बर २६ का दिन यो दिवस मनाउने गरिन्छ । परमाणु हतियारको पूर्ण उन्मूलन गर्न आवश्यकताबारे आमजनमानसलाई जागरूक पार्दै यसले मानव जातीमा पार्ने असरको बारेमा सबैलाई जानकारी दिनु नै दिवसको मुख्य उद्देश्य हो ।
नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि
बुधबार, असोज ९, २०८१
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज ४९ दशमलव १८ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक ४९ दशमलव १८ अङ्कले उकालो लागेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा सीमित भएको हो ।
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
बुधबार, असोज ९, २०८१
दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
बुधबार, असोज ९, २०८१
घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ । बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो । चालीस वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन् ।
‘नियत सफा राखौँ, आचारण सुधारौँ’
बुधबार, असोज ९, २०८१
लुम्बिनी प्रदेश सरकारले तयार पारेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनाको मस्यौदामा ११ वटा विषयलाई प्राथमिकता दिइएको छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकतामा ९९ वटा क्रियाकलाप प्रस्ताव गरिएका छन् ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
बुधबार, असोज ९, २०८१
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ ।
मौसममा फेरि बदली, शनिबारसम्म वर्षाको सम्भावना
बुधबार, असोज ९, २०८१
केही दिन सुधार आएको मौसममा फेरि बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि आगामी शनिबारसम्म मौसममा बदली रहने भएको हो ।
थारू महिलाहरुको जितिया पर्व
बुधबार, असोज ९, २०८१
तराईका थारू समुदायका महिलाहरुले मंगलबारदेखि जितिया पर्व मनाइरहेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले पहिलो नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् ।
राजनीतिक अस्थिरताको दुश्चक्र
बुधबार, असोज ९, २०८१
नेपाली राजनीतिक वृतमा व्यापक अस्थिरता मौलाएको छ । यसको सही र समयमा दीगो उपचार खोजिएन भने दिन प्रतिदिन समस्याहरु थपिदै जाने बाहेक केही पनि हुन सक्दैन । समयको गति र जनताको सोंच अनि आमजनताको चहानालाई मध्यनजर गरेर अगाडि बढ्नुको कुनै पनि विकल्प छैन् अब दलहरुसँग ।


