विपद्बाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो
आइतबार, असोज १३, २०८१
बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो
आइतबार, असोज १३, २०८१
लुम्बिनी प्रदेशका बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पाका बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारिएको प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय विपद् महाशाखाले जनाएको छ
किन हुन्छ युवा अवस्थामै मुटुरोग
आइतबार, असोज १३, २०८१
विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्वस्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरुमा हुने गर्दछन् । नेपाललगायत दक्षिण एशियाली राष्ट्रहरुमा युवामा मुटुरोगको प्रकोप बर्सेनि बढ्दै गएको देखिन्छ...
झ्याप्लेखोला पहिलो : अहिलेसम्म २५ शव निकालियो (अपडेट)
आइतबार, असोज १३, २०८१
धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आज बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो ।
सुनको मूल्य तोलामा छ सयले घट्यो
आइतबार, असोज १३, २०८१
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार छ सय...
आजदेखि सफा र सुकिलो नोट साट्न पाइने
आइतबार, असोज १३, २०८१
नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।...
त्याग
आइतबार, असोज १३, २०८१
खै के वित्यो ,वित्दै थियो, वित्ने थियो ।
रित्तो गोजिमा पनि बालापन खुशीले जित्ने थियो ।
झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए
आइतबार, असोज १३, २०८१
काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ ।
देशभर बाढी पहिरो : ६६ को मृत्यु, दर्जनौँ बेपत्ता
आइतबार, असोज १३, २०८१
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । यो समाचार तयार पर्दासम्म देशका विभिन्न्न स्थानामा भएका विपद्का घटनाबाट ६६ जनाको मृत्यु भएको हो ।
आज विश्व मुटु दिवस मनाइँदै
आइतबार, असोज १३, २०८१
आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । पछिल्लो समय नेपालमा पनि मुटुरोगका बिरामी अत्यधिक बढ्दै गएकाले चेतनामूलक कार्यक्रमहरु गरिंदैछ ।
मुटुरोगबारे सावधानी अपनाऔं
आइतबार, असोज १३, २०८१
प्रत्येक वर्ष २९ सेप्टेम्बरलाई संसारभर विश्व मुटु दिवसका रुपमा मनाइन्छ । यस दिवसको मुख्य सन्देश मुटुरोग सम्बन्धी चेतना फैलाई यसबाट बच्न तथा सावधानी हुन उत्प्रेरित गर्नु हो । विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले संयुक्तरूपमा सन् १९९९ सेप्टेम्बर २९ तारिखको दिनलाई विश्व मुटु दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ...
वरिष्ठ पत्रकार कार्कीको निधन
शनिबार, असोज १२, २०८१
वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । लामो समयदेखि मधुमेह र मिर्गौलापीडित कार्कीको ७० वर्षको उमेरमा आफ्नै निवास पाल्पाको तानसेनस्थित धुर्वघाटमा निधन भएको हो ।


