नेपाली क्रिकेटका पूर्वकप्तान ज्ञानेन्द्रले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
शुक्रबार, साउन १९, २०८०

वडा अध्यक्ष अधिकारीले भने ‘ नदीजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधियो’
शुक्रबार, साउन १९, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका –६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले नदिजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधिएको बताएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पालिकाले गरेको निर्णय र समाचारमा आएका कुराहरुमा कुनै सत्यता नभई राजनीतिक पूर्वाग्रह साँधिएको बताएका हुन् ।

लम्पी स्किन पीडितलाई क्षतिपूर्ति देऊ
शुक्रबार, साउन १९, २०८०
देशभरका पशुमा देखिएको ‘लम्की स्किन’ रोग महामारीको रुपमा देखिएको छ । यो रोगका कारण हजारौं पशुको मृत्यु हुँदा पनि यसको रोकथामतर्फ कसैको ध्यान गएको देखिँदैन । सरकारले यस रोग नियन्त्रणका लागि प्रभावकारी कदम चालेको दावी गरे पनि पूर्णरुपमा रोकिएको छैन ।

पाल्पा सबस्टेसनको आईईका लागि सार्वजनिक सुनुवाई
शुक्रबार, साउन १९, २०८०
पाल्पा सबस्टेसन तथा प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईई) का लागि सार्जजनिक सुनुवाई कार्यक्रम गरिएको छ । नेपाल विद्युत प्राधिकरणद्वारा प्रस्तावित आयोजनाको आईई प्रतिवेदनका लागि सरोकारवाला निकायसँग सुझाव संकलन गर्न सार्वजनिक सुनुवाई गरिएको हो ।

संसद्प्रति एमाले सधै ‘अनुदार’
शुक्रबार, साउन १९, २०८०
सत्तामा हुँदै पनि संसद्प्रति अनुदार देखिएको नेकपा एमाले सत्ताबाहिर हुँदा निरन्तर त्यसविरुद्ध उभिँदै आएको छ । उसले संसद्लाई जनताका समस्या उठाउने र समाधान खोज्ने थलोभन्दा आफ्नो स्वार्थ पूरा गर्न त्यसलाई प्रयोग गर्दै आएको छ । आफ्नो राजनीतिक अभिस्ट पूरा गर्न प्रधानमन्त्री, मन्त्रीहरुको राजीनामा माग्ने र संसद अवरुद्ध गर्ने एमालेको नियमित...

लुम्बिनीमा एक सय ९१ जनामा डेंगी
बिहीबार, साउन १८, २०८०
लुम्बिनी प्रदेशमा डेंगी संक्रमितको संख्या एक सय ९१ पुुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार प्रदेशभर डेंगी संक्रमितको संख्या एक सय ९१ पुगेको हो ।

गुल्मीको मालिकामा ७० वर्षीय वृद्ध मृत फेला
बिहीबार, साउन १८, २०८०
जिल्लाको मालिका गाउँपालिकामा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको मालिका –३ पासेखोलास्थित कच्चि सडकमा ह्वाङ्दीका ७० वर्षीय नन्दे विक विहीबार मृत फेला परेका हुन् ।

गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु
बिहीबार, साउन १८, २०८०
जिल्लाको मुसिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा विहीबार भिरबाट लडेर मुसिकोट–४ डाँडाथोककी ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो ।

एमालेको अवरोध कायमै : राष्ट्रिय सभा बैंठक पनि स्थगित
बिहीबार, साउन १८, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैंठक अवरोध गर्दै आएको एमालेले विहीबारको राष्ट्रिय सभाको बैठक समेत अवरोध गरेको छ ।

लक्ष्यअनुसार राजस्व उठेन
बिहीबार, साउन १८, २०८०
दाङका पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन भएकाले लक्ष्यअनुसारको राजस्व उठेको छैन । जिल्ला समन्वय समितिले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका दसवटै पालिकाले प्रस्तुत गरेको प्रगति समीक्षामा नदीजन्य पदार्थबाट राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था हेर्दा निकै दयनीय रहेको देखिएको छ ।

वनमारा मासेर डाँडैभरी अम्रिसो
बिहीबार, साउन १८, २०८०
बाह्र वर्ष अघि बन मारा, घगालु र काम नलाग्ने बुट्यानले झाडी रहेको ढोलीमाराको डाँडा अहिले अम्रिसोले हराभर भएको छ । कहीं कतै मात्र रुखबिरुवा छन् तर अम्रिसोले डाँडा पुरै हराभरा भएको छ । अम्रिसोले डाँडा मात्रै हराभरा भएको छैन, स्थानीयको आम्दानीको बलियो स्रोत पनि बनेको छ ।

महिलालाई क्रेडिट कार्ड निःशुल्क
बिहीबार, साउन १८, २०८०
महिलाले निःशूल्क रुपमा क्रेडिट कार्ड पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने भएको हो । बैंकले श्रावण स्पेसल अफर अन्तर्गत यो सेवा दिन लागेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ...