गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध
शनिबार, असोज १२, २०८१
पहिरोले बर्तुङ–राम्दी सडक अवरुद्ध
शनिबार, असोज १२, २०८१
पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बर्तुङ–राम्दी सडक खण्ड अवरुद्ध बनेको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको अगाहाखोला नजिकै ढुंगासहितको पहिरो खसेपछि सडक शनिबार विहानदेखि अवरुद्ध भएको हो ।
अविरल वर्षा: लुम्बिनी प्रदेशका विभिन्न स्थानका सडक अवरुद्ध
शनिबार, असोज १२, २०८१
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने विभिन्न स्थानका सडकमा यातायात सेवा प्रभावित बनेका छन् । पहिरोका कारण अवरद्ध सडक खुलाउन सुरक्षाकर्मी र स्वयंमसेवक परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । प्रदेशको प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका–१ गर्जेनीस्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका–४ पाखुरी...
कालीगण्डकी करिडोर अवरुद्ध
शनिबार, असोज १२, २०८१
पहिरोले गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ अन्तर्गत उर्लेनी, गुल्मीदरबार गाउँपालिका– ४ अन्तर्गत वीरवास र छत्रकोट गाउँपालिका–३ अन्तर्गत लुम्छामा सडक पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
कैलाशनगरको सुकुम्वासी वस्तीमा पहिरो, एक दर्जनघरहरु जोखिममा
शनिबार, असोज १२, २०८१
जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरस्थित देउराली नजिकै सुकुम्वासी वस्तिमा पहिरो गएको छ । विहीबारदेखि परेको निरन्तर अविरल वर्षाका कारण यहाँको वस्तीमा पहिरो गएको हो ।
‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास’ पुस्तकको चर्चा
शनिबार, असोज १२, २०८१
‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास’ नामक पुस्तक हालै तानसेनमा लोकार्पण भएको छ । पाल्पाली साहित्यकारहरु राजेन्द्र गोपाल सिंह र पुष्कर अथक रेग्मीले वृहत् अनुसन्धान र अन्वेषण गरेर तयार पारेको पुस्तक र लेखकका बारेमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
सुमनका सात रङ्ग
शनिबार, असोज १२, २०८१
अस्मानी, नीलो, हरियो, पहेंलो, रातो, वैजनी र सुन्तला र·गरी सातवटा रङलाई सप्तरंगी इन्द्रेणी भनिन्छ । आकासे नीलोलाई अस्मानी भनिन्छ जसले जीवन अन्तरालको लेखाजोखा गर्दछ । नीलो रङ्ग शान्तिको रङ्ग, हाम्रो झण्डाको किनारको रङ्ग, जसले शान्ति र सुखद् सम्भावनाहरूको खरुोजी गरिरहन्छ । हरियो रङले कलिलो, ताजा, आलो, पूर्वाधार, आजका बालक भोलिका...
आज ‘विश्व रेबिज दिवस’
शनिबार, असोज १२, २०८१
आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको हो ।
उच्च सतर्कता अपनाऔं
शनिबार, असोज १२, २०८१
हाल देशभर अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबारसम्म नै मनसुन सक्रिय रहने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो र डुबानको जोखिम...
पाल्पा, गुल्मी र आसपासका क्षेत्रमा विद्युत, सडकहरु अवरुद्ध
शनिबार, असोज १२, २०८१
विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण गुल्मी, पाल्पा, अर्घाखाची, प्युठान जिल्ला लगायत देशै भर जनजीवन कष्टकर बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पाले बुटवल–तानसेन ३३ केभि प्रशारण लाईनमा दोभान र वसन्तपुर क्षेत्रमा पोल ढलेर विद्युत अवरुद्ध भएको जनाएको छ ।


