आज विश्व रेडियोग्राफी दिवस, नेपालमा पनि मनाइँदै
शुक्रबार, कात्तिक २३, २०८१
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन
शुक्रबार, कात्तिक २३, २०८१
मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन गरिदै छ । चार दिनसम्म मनाइने छठ सूर्यको पूजा आराधनासँगै गाईको दूधसहितको अर्घ्य दिएपछि समापन गर्न लागिएको हो ।
रेडियोग्राफी दिवसको सन्दर्भ
शुक्रबार, कात्तिक २३, २०८१
विश्व रेडियोग्राफी दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । यो दिवस हरेक वर्षको नोभेम्वर ८ मा मनाउने गरिन्छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका थिए । रेडियोग्राफीलाई एक्सरे अथवा विकिरण पनि भन्ने गरिन्छ । आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ ।
पाल्पामा भोलिदेखि हुने ‘हेरिटेज राइड’को तयारी पुरा
बिहीबार, कात्तिक २२, २०८१
पाल्पामा भोलि शुक्रबारदेखि हुने ‘हेरिटेज राइड–२०८१’ को तयारी पुरा भएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा हुन लागेको दुई दिने सम्पदा यात्राको सम्पूर्ण तयारी पुरा भएको हो ।
अमेरिकी डलरमा नयाँ रेकर्ड, हालसम्मकै उच्च
बिहीबार, कात्तिक २२, २०८१
नेपालमा अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको दररेटअनुसार अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको हो ।
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
बिहीबार, कात्तिक २२, २०८१
यहाँका एक किसानले दशैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
ट्रम्प पुनरागमनको प्रभाव : एकै दिन सुन तोलामा ४ हजारले घट्यो
बिहीबार, कात्तिक २२, २०८१
बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनाका प्रतितोला ४ हजारले घटेको हो ।
स्थानीय तह उपनिर्वाचन : ४४ पदका लागि निर्वाचन हुँदै, दलहरु उम्मेदवार छनोटमा केन्द्रित
बिहीबार, कात्तिक २२, २०८१
आगामी १६ मंसिरमा विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको छ । ४४ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुन लागेको हो ।
आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा गरी मनाइँदै
बिहीबार, कात्तिक २२, २०८१
आज छठ पर्वको मुख्य दिन सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।
छठ पर्वको महत्व
बिहीबार, कात्तिक २२, २०८१
छठ पनि एक महत्वपूर्ण चार्ड हो । यो विशेष गरी तराई क्षेत्रमा मनाईने प्रमुख पर्व हो । यो पर्व नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएलगत्तै सुरू हुने गर्दछ ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित
बुधबार, कात्तिक २१, २०८१
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।


