तानसेन खानेपानी उपभोक्ता तदर्थ समिति गठन, राजनीतिक दलले जनाए आपत्ति
बुधबार, असार २०, २०८०
तानसेन नगर सरकारले तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तदर्थ समिति गठन गरेको छ । उपभोक्ता समिति गैरजिम्मेवार र अवैधानिक रुपमा चल्दा उपभोक्ताले खानेपानीको चरम अभाव झेल्नु परेपछि नगर सरकारले पुरानो समिति विघटन गरी तदर्थ समिति गठन गरेको हो ।
रामपुर नगर सरकारले दियो कृषकलाई उन्नत घाँसको विरुवा
बुधबार, असार २०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले नगर भित्रका कृषकलाई उन्नत जातको घाँसको विरुवा वितरण गरेको छ । नगर सरकारले रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत गठन भएका स्वाबलम्वन समूह र युवा समुहलाई घाँसको विरुवा वितरण गरेको हो ।
गुल्मी काँग्रेसले सरकारलाई भन्यो ‘विस्थापित परिवारलाई राहत र विपद् पूर्व तयारीमा ध्यान देऊ’
बुधबार, असार २०, २०८०
नेपाली काँग्रेस गुल्मीले निरन्तर परेको अविरल वर्षाले आएको बाढीपहिरोबाट विस्थापि भएका परिवारलाई राहत दिन र विपद् पूर्व तयारीमा ध्यान दिन प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ । उसले वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण क्षेत्रहरुमा बाढी र पहिरोले क्षति पुर्याएकोप्रति सरकारको ध्यानाकर्षण गराउदै राहत र क्षति हुनबाट बचाउन पूर्व तयारी...
श्रम स्वीकृति लिने बढ्दै
बुधबार, असार २०, २०८०
पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ४० हजार रहेको छ । उक्त सङ्ख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको हो ।
जोखिममा तिनाउ नदी आसपासका बस्ती, सतर्कता अपनाउन आग्रह
बुधबार, असार २०, २०८०
रुपन्देही र पाल्पा आसपासमा शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले तिनाउ नदीमा बाढी आएको छ । लगातारको वर्षाका कारण नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । शनिबार बिहानदेखि पानीको सतह बढेको हो ।
अंग्रेजीका शिक्षकलाई अभिमुखीकरण
बुधबार, असार २०, २०८०
अंग्रेजी विषय पढाउने शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । रामपुर नगर सरकारको शिक्षा शाखाले आधारभुत तहमा अंग्रेजी पढाउने शिक्षकहरुका लागि २ दिने शिक्षण अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
विपद् पूर्वतयारीमा ध्यान देऊ
बुधबार, असार २०, २०८०
असार, साउन महिना बर्खाको समय हो । यो समयमा बाढीपहिरो जाने गर्दछ । जसका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । विगतमा जस्तै यस वर्ष पनि बर्खा लाग्न साथ देशका केही ठाउँहरुमा बाढीपहिरोले ठूलो क्षति पु¥याएको छ । विपद् बाजा बजाएर आउँदैन । विपद्बाट बच्न पूर्वसावधानी भने अपनाउन सकिन्छ ...
लुम्बिनीमा विनियोजन विधेयक पारित
मंगलबार, असार १९, २०८०
लुम्बिनी प्रदेशसभाले विनियोजन विधेयक पारित गरेको छ । मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो
मंगलबार, असार १९, २०८०
पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तानसेन नगरपलिका ८, गौडेपुल नजिकै माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो । सो क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कहाँ कति ?
मंगलबार, असार १९, २०८०
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी ठाउँ पिच्छे मूल्य घटाइएको हो । निगमले काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ । तराई क्षेत्रमा भने प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ ।...
तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
मंगलबार, असार १९, २०८०
लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।