आज विश्व टेलिभिजन दिवस मनाइँदै
बिहीबार, मंसिर ६, २०८१
विश्व टेलिभिजन दिवसको सन्दर्भ
बिहीबार, मंसिर ६, २०८१
‘विश्व टेलिभिजन दिवस’ आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभा बैठकको आह्वानमा प्रत्येक बर्षको २१ नोभेम्बरका दिन यो दिवस मनाउने गरिन्छ । सन् १९३० को दशकमा प्रशारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले विश्वभरकै सशक्त सञ्चार माध्यमका रुपमा लिइन्छ । नेपालमा २०४१ साल माघ १७ गते...
पाल्पामा अवैध रुपमा उत्खनन् गर्ने चार खानी उद्योगसहित १८ जना विरुद्ध मुद्दा
बुधबार, मंसिर ५, २०८१
गैरकानुनी रूपमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा खानी उत्खनन् गरेको कसुरमा पाल्पामा सञ्चालित चार खानी उद्योगसहित १८ जनाविरुद्ध जिल्ला अदाल पाल्पामा मुद्दा दायर भएको छ । चुनढुङ्गा उत्खनन्का लागि स्वीकृत पाएको क्षेत्र मिचेर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुङ्गा उत्खनन् गरेको कसुरमा डिभिजन वन कार्यालय पाल्पाले बिगो मागदाबीसहित अदालतमा...
पौंदेली न्वागी पर्वको उत्साह : यस्तो छ परम्परा
बुधबार, मंसिर ५, २०८१
न्वागी पर्व ठाउँअनुसार फरक–कर तरिकारले मनाउने गरिन्छ । न्वागीको आफ्नै महत्व र विशेषता रहे पनि नेपालमा जाति, क्षेत्र र समुदायअनुसार मनाउने चलन छ ।
आज विश्व बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, मंसिर ५, २०८१
आज विश्व बालदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । नेपालमा बालअधिकारको क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउन लागेका हुन् ।
लुम्बिनी प्रदेशमा लगानी भित्रर्याउन छलफल
बुधबार, मंसिर ५, २०८१
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा मंगलबार ब्रिटिस राजदूतावासका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गर्दै प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरे ...
चिच्याएर बर माग्ने मेलामा ३२ लाख ८१ हजार भेटी संकलन
बुधबार, मंसिर ५, २०८१
जिल्लाको तिनाउ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा ३२ लाख ८१ हजार ८ सय ७० रुपैयाँ बराबरको भेटी संकलन भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कार्तिक २७ गतेदेखि ५ दिनसम्म लागेको मेलामा उक्त रकम बराबरको भेटी संकलन भएको हो ।
बाल दिवस र यसको सार्थकता
बुधबार, मंसिर ५, २०८१
प्रत्येक वर्षको नोभेम्बर २० तारिखका दिन अन्तर्राष्ट्रिय बाल दिवस मनाइन्छ । आज यस वर्षको दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मूलतः सन् १९८९ मा संयुक्त राष्ट्रसघंबाट पारित भएको बालअधिकार सम्बन्धी महासन्धि सन् १९९० सेप्टेम्बर १४ का दिन नेपालले अनुमोदन गरेपछि नेपालमा समेत विधिवत् रूपमा बालअधिकार अभियानको सुरुवात...
सुन–चाँदीको मूल्य फेरि बढ्यो
मंगलबार, मंसिर ४, २०८१
पछिल्ला केही दिन यता निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्य सोमबार र मंगलबार भने बढेको छ । सोमबार एक हजारले बढेको सुुन मंगलबार भने १ हजार १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंगलबार, मंसिर ४, २०८१
घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।
पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र
मंगलबार, मंसिर ४, २०८१
नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो ।
दुर्गा प्रसाईं पक्राउ
मंगलबार, मंसिर ४, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।


