पौंदेलीले मनाए न्वागी पर्व
मंगलबार, मंसिर ४, २०८१
लोकतान्त्रिक आन्दोलनका अभियन्ता ढुंगानाको अवसान
मंगलबार, मंसिर ४, २०८१
नेपालको लोकतान्त्रिक आन्दोलनको एक अभियान्ता एवं पूर्वसभामुख दमननाथ ढुंगाना ८३ वर्षको उमेरमा अस्ताएका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिएका ढुंगानाको आइतबार निधन भएको हो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको पुरानो फ्रन्टलाइन अस्पताल काठमाडौमा आइतबार दिउँसो निधन भएको थियो ।
आज मंगल चौथी व्रत, गणेशको पुुजा गरिदैं
मंगलबार, मंसिर ४, २०८१
आज मंगलवारलाई भगवान् गणेशको दिनको रूपमा मान्ने चलन छ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मंगल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ ।
आज विश्व शौचालय दिवस मनाइदैं
मंगलबार, मंसिर ४, २०८१
आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको...
अन्तर्वार्ता सत्ता रोहणको लिस्नो त होइन ?
मंगलबार, मंसिर ४, २०८१
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतिय अखबार द हिन्दुमा अन्तर्वार्ता प्रकाशित भएपछि पुनः शीत युद्धको थालनी भएको छ । विशेषतः प्रधानमन्त्री चिन भ्रमणको विषयको उठान नै हो ।
विश्व शौचालय दिवसको सन्दर्भ
मंगलबार, मंसिर ४, २०८१
प्रत्येक वर्ष १९ नोभेम्बरमा सरसफाइका लागि शौचालयको महत्वबारे जागरुक गराउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । यस वर्षको दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । खासगरी आजको दिनलाई सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।
भण्डारी समाज नेपालको केन्द्रीय सदस्यमा पाल्पाका शंकर निर्वाचित
सोमबार, मंसिर ३, २०८१
सामाजिक, राजनीतिक व्यक्तित्व तथा युवा नेता शंकर भण्डारी धनञ्जय गोत्रीय भण्डारी समाज नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नवलपरासीको गैंडाकोटमा भएको समाजको चौंथो राष्ट्रिय महाधिवेशन तथा नवौं साधारण सभाले पाल्पाका भण्डारीलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको हो ।
पूर्वसभामुख ढुंगानाको निधनप्रति पाल्पा काँग्रेस सभापति श्रेष्ठद्वारा श्रद्धाञ्जली व्यक्त
सोमबार, मंसिर ३, २०८१
नेपाली काँग्रेसका पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
सोमबार, मंसिर ३, २०८१
देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।
सडकको पहुँचले मलैबासीलाई सहज
सोमबार, मंसिर ३, २०८१
दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन । विगतमा सडकको सहज पहुँच नहुँदा स्ट्रेचर वा डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपथ्र्यो । बीचबाटोमा जङ्गल भएकाले जनावरको पनि उत्तिकै डर हुन्थ्यो । तर, अहिले सडकको पहुँचले धेरै सहज भएको छ ।
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा
सोमबार, मंसिर ३, २०८१
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पूर्वसभामुख ढुङ्गानाको निधन
सोमबार, मंसिर ३, २०८१
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको आइतबार दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?
सोमबार, मंसिर ३, २०८१
स्थानीय तह उपनिर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका रिक्त पदमा मंसिर १६ गते चुनाव हुँदैछ । विभिन्न कारणले रिक्त रहेका यहाँका स्थानीय तहमा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।


