Shittalpati
बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग

पाल्पा,अखिल नेपाल किसान महासंघ पाल्पाले बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग गरेको छ । महासंघले बैठकबाट निर्माण भएको घोषणा पत्र सार्वजनिक गर्दै विभिन्न ३८ बुदैँ मागहरु कार्यान्वयन गर्न ३ वटै सरकारसँग माग गरेको हो ।

महासंघले पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । कार्यक्रममा महासंघ पाल्पाकी अध्यक्ष लक्ष्मी खनालले देशको सम्मृद्धि कायम गर्न, देशमा आयआर्जन बढाउन, कृषि उत्पादनमा आत्मनिर्भर बन्न ३८ बुँदाहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । जिल्लाका स्थानीय तहलाई आगामी बजेटमा कृषि कार्यक्रममा जोड दिन उनले आग्रह गरिन् । महासंघ पाल्पाले किसानहरुलाई पर्याप्त मात्रामा रासायनिक मलखादको व्यवस्था हुनुपर्ने, गुणस्तरीय विउ विजनको व्यवस्था घरदैलोमा गर्नुपर्ने, पाल्पाका सबै पालिकाले न्युनतम १५ प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजन गर्नुपर्ने माग गरेको छ । महासंघले स्थानीय तहबाट अर्गानिक खेतीपातीको लागि जैविक मलको व्यबस्था गरी निःशुल्क रुपमा कृषकहरुलाई वितरण गर्नुपर्ने, कृषकहरुको वाली तथा पशुको निःशुल्क रुपमा विमाको व्यवस्था गर्नुपर्ने, किसानको पहिचालन, वर्गिकरण र सूचीकरण गरी परिचयपत्रको व्यबस्था गरी सोही अनुसार राज्यले सेवा सुविधा प्रदान गर्नुपर्ने, पाल्पा बाट उत्पादित कृषि, फलफूल तथा पशु उत्पादनहरुको उचित मुल्य तथा बजारीकरणको लागि ३ वटै सरकारबाट सहयोग हुनुपर्नेमा जोड दिएको छ । प्रत्येक वडामा संकलन केन्द्र, चिस्यान केन्द्र र विषादी परीक्षण सहितको कृषि उपज संकलन केन्द्र स्थापना गर्नुपर्ने, स्थानीय कृषि उत्पादनको लेवलि· गरी खरिद विक्रिमा प्राथमिकता राख्ने, स्थानीय तहमै माटो परीक्षण तथा उपचार हुनु पर्ने । नर्सरी तथा विउ उत्पादनको व्यबस्था स्थानीय तहमै गर्नुपर्ने माग महासंघ पाल्पाले गरेको छ ।

बैठकले स्थानीयतहमा कृषकहरुलाई आत्मनिर्भर हुने गरी कृषिक्रान्ती दशक घोषणा गरी नीति नियम तथा कार्यक्रम बजेट ल्याउनु पर्ने, कृषि अनुदानलाई उत्पादनको आधारमा दिने गरी नीति कार्यक्रम ल्याउनु पर्ने, कृषि उत्पादनमा वन्यजन्तुको नियन्त्रण गर्ने विधि ल्याई कार्यान्वयन हुनुपर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम लागु गर्नुपर्ने, कृषि भुमिमा कर छुटको व्यवस्था हुनुपर्ने, वडा वडामा कृषि प्राविधिकहरुको व्यवस्था गरी कृषकहरुको घरदैलोमा सेवा दिनुपर्ने, कृषि औजारमा ७५ प्रतिशत छुट दिनुपर्ने, रैथानेवाली प्रवद्र्धन गर्नुपर्ने लगायतका ३८ बुँदे माग कार्यान्वयन गर्न जोड दिएको अध्यक्ष खनालले बताईन् । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले किसान महासंघले उठाएका पुरा गर्न सकिने कुरा स्थानीय सरकारबाट कार्यान्वयन गर्न अनुरोध गरे । कार्यक्रम महासंघ पाल्पाकी अध्यक्ष लक्ष्मी खनालको अध्यक्षता, सचिव रञ्जिव कुवँरको सञ्चालनमा भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update