प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन बोर्डको नीतिगत निर्णयको गर्यो स्वागत
बिहीबार, भदौ ७, २०८०
भदौ ११ गते संसदीय समितिका सभापतिको निर्वाचन
बिहीबार, भदौ ७, २०८०
प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ः०० बजे हुने जानकारी गराए ।
सुध्रिँदै पाल्पा अस्पतालको सेवा
बिहीबार, भदौ ७, २०८०
कुनै समय ‘राम्रो उपचार हुँदैन, औषधि पनि पाइदैन, फोहोर र अव्यवस्थित छ’ भन्ने टिप्पणी सहन बाध्य पाल्पा अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ । व्यापक सुधारपछि व्यवस्थित बन्दै गएकाले यो अस्पताल पछिल्लो समय सबैको नजरमा पर्न थालेको हो ।
मिडिया सम्मेलन : प्रतिवद्धता कार्यान्वयनसँगै निरन्तरता देऊ
बिहीबार, भदौ ७, २०८०
सञ्चार माध्यमहरुको समस्या पहिचान, समाधानका उपाय, संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भन्दै बुटवलमा मिडिया सम्मेलन गरियो ।
अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने
बुधबार, भदौ ६, २०८०
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो ।
साउन १० देखि अवरुद्ध संसद् खुल्यो
बुधबार, भदौ ६, २०८०
गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबारबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुनकाण्डको छानबिनको माग राखी अवरुद्ध गर्दै संसद् सहमति पछि सञ्चालन भएको हो ।
पाल्पा अस्पतालको भौतिक पूर्वधारको विकासमा राजनीतिक दलको प्रतिवद्धता
बुधबार, भदौ ६, २०८०
पाल्पा अस्पतालको भौतिक पूर्वाधारको विकासमा आफुहरु प्रतिवद्ध भएर लाग्ने जिल्लाका राजनीतिक दलहरुले बताएका छन् । बुधबार पाल्पा अस्पतालले आयोजना गरेको सर्वदलिय बैंठकमा उनीहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफुहरु गम्भीर रहेको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वधारको विकासमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
मुद्दा जित्नुको उपहार गाउँबाट बहिष्कार
बुधबार, भदौ ६, २०८०
देवदह नगरपालिका–१२ ढोलबजवा बस्छन् शिवबिन्दु भुज । उमेरले करिब ६० काटेका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भएपनि उनले पसलबाट केही खरिद गर्न पाउँदैनन् । गाउँमा उर्दी जारी भएको छ “भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु ।”
ठूला माछा देखाएर सानाको शिकार
बुधबार, भदौ ६, २०८०
पूर्वप्रधानमन्त्रीहरु समाजवादीका नेता माधवकुमार नेपाल, डा.बावुराम भट्टराईलाई सीआइवीले लिएको वयानलाई मुलुक र संसारभर नेपालको बारेमा जान्न र बुझ्न खोज्नेहरुले अहिले विभिन्न कोणबाट व्याख्या गरिएको अवस्था छ ।
एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय
मंगलबार, भदौ ५, २०८०
अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ ।
आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै
मंगलबार, भदौ ५, २०८०
नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।
ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन
मंगलबार, भदौ ५, २०८०
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिए ।
पाल्पामा पनि फैलियो आँखा पाक्ने प्रकोप
मंगलबार, भदौ ५, २०८०
केही दिनयता पाल्पासहित देशका अधिकांश जिल्लाहरुमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा यो रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । प्रायः गर्मी मौसममा बढी फैलिने यो रोगबाट युवायुवती र बालबालिका बढी संक्रमित भएका छन् ।