Shittalpati
आज नृसिंह जयन्ती मनाइँदै

पाल्पा, वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल चतुर्दशीका दिन यो मनाउने गरिन्छ । नृसिंह अवतार भगवान् विष्णुको चाँैथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रÞलादको उद्धार गर्नका निमित्त विष्णु भगवानले नृसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

हिन्दू धर्म ग्रन्थमा उल्लेख भएअनुसार कष्यप ऋषिकी पत्नी दितिको गर्भबाट दुई बालक हिरण्याक्ष र हिरण्यकश्यपु पैदा भएका थिए । ठूलो भएपछि दुवैले जताततै उप्रद्रो मच्चाउन थाले । हिरण्याक्षलाई भगवान् विष्णुको तेस्रो अवतार बराह भगवानले मारेका थिए । हिरण्यकश्यपुले ब्राह्माजीको घोर तपस्या गर्दा हिरण्यकश्यपुको शरीरबाट आगोको ज्वाला निस्कन्थ्यो । यो देखेर ब्राह्माजीले हिरण्यकश्यपु भएको ठाउँमा गएर इच्छाअनुसार वरदान माग्ने आज्ञा गरे । यो सुनेर हिरण्यकश्यपुले ब्रÞमाजीसँग अमर रहने वरदान मागे । माजीले जन्मेपछि मर्नैपर्ने सृष्टिको नियम भएकाले अरु वर माग्ने आज्ञा गरे । यो सुनेर हिरण्यकश्यपुले ‘घरको बाहिर घरको भित्र, रातिको अँध्यारो, दिनको घाममा, आकाशमा, पातालमा, जमिनमा, नर (मानिस)बाट, यक्षबाट, गन्धर्वबाट, देवताबाट, किन्नरबाट कुन्जर (जनावर) बाट, हातबाट र हतियारबाट नमर्ने वरदान मागेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । ब्राह्माजीले हिरण्यकश्यपुको तपस्या घोर भएकाले मागेको वरदान दिए । ब्राह्माजीको वरदान पाएर हिरण्यकश्यपु अमर भयो । हिरण्यकश्यपुले तीनैलोकमा कब्जा जमायो । जगतलाई आफ्नो बसमा बनायो । पूरा सृष्टिको मालिक म नै हो । मभन्दा ठूलो अरु कोही छैन भन्ने विश्वास सबैमा दिलाउन थाल्यो । हिरण्यकशिपुको घरमा भक्त प्रÞलादको जन्म भयो ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update