गुल्मीमा माछा मार्न गएका एक पुरुष खोलामा मृत फेला

गुल्मी, जिल्लाको छत्रकोट गाउँपालिकामा माछा मार्न गएका एक पुरुष खोलामा मृत अवस्थामा फेला परेका छन् । यहाँको बोटेगाउँ रेग्दी छहरामा माछा मार्न गएका बुटिलगाउँका ४५ वर्षीय ज्ञानबहादुर राकस मृत फेला परेका हुन् ।
राकस सोमबार खोलामा माछा मार्न गएका थिए । साँझ अबेरसम्म घर नफर्किएपछि उनको खोजतालस गरिएको थियो । मंगलबार बिहान बडिगाड खोलामा स्थानीयले घोप्टो परेको अवस्थामा राकसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा खटेको प्रहरी टोलीले शवको पहिचान गरेको थियो । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्