द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा स् मुख्यमन्त्री आचार्य
सोमबार, माघ १४, २०८१
मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र
सोमबार, माघ १४, २०८१
रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
अर्थसमितिका सदस्यद्वारा लुम्बिनीको विकासबारे चासो
सोमबार, माघ १४, २०८१
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापतिसहितको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेका छन् । समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा आएका प्रतिनिधिसभा सदस्यले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन् । सांसदलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरेका थिए ।
ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले फेरियो मेटेराको मुहार
सोमबार, माघ १४, २०८१
तुलसीपुर उपमहानगरपालिका– १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन् । उनले तोरी , चना , केराउ खेतीबाट प्रशस्त आम्दानी गर्नुभएको छ । लिफ्ट सिँचाइले उनि सफल किसान बनेका हुन् ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा
सोमबार, माघ १४, २०८१
दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्रका दुई हजार आठ सय १२ जना किशोरीलाई खोप लगाउन सम्पूर्ण तयारी अन्तिम चराण्मा पुगेको छ । सामुदायिक र संस्थागत विद्यालयका दुई हजार सात सय १६ र विद्यालय बाहिर रहेका...
पाल्पामा १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
सोमबार, माघ १४, २०८१
जिल्लामा १० हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एच.भि.पि ) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाका दश स्थानीय तहमा रहेका २ सय ४ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका १० हजार ४ सय ५८ जना किशोरीलाई खोप लगाइने भएको हो ।
भन्सार दिवस र यसको सार्थकता
सोमबार, माघ १४, २०८१
अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ । विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ ।
सिद्धबाबामा ‘लघु सङ्ग्रहालय’ स्थापना
आइतबार, माघ १३, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने उद्देश्यले लघु सङ्ग्रहालय स्थापना गरेको हो । विद्यार्थीलाई पढाइसँगै प्राचीन समयमा प्रयोग भएका सामग्रीको जानकारी दिने र प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो ।
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
आइतबार, माघ १३, २०८१
यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय ४३ दशमलव ९३ को बिन्दुमा कायम भएको हो ।
बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज
आइतबार, माघ १३, २०८१
यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
आइतबार, माघ १३, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार म्याग्दी, सुर्खेत, काठमाडौं र जाजरकोटमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो ।
जुवातास खेलिरहेको अवस्थामा १३ जुवाडे पक्राउ
आइतबार, माघ १३, २०८१
देशका विभिन्न ठाउँहरुमा जुवातास खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ र झापामा १३ जना जुवाडे पक्राउ परेका हुन् ।


