सरकारको गलत निर्णय
बुधबार, चैत १३, २०८१
गौचरन जग्गामा केराखेती
मंगलबार, चैत १२, २०८१
ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ । उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केराखेतीले बाझो जमिन हराभरा भएको छ ।
दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत
मंगलबार, चैत १२, २०८१
यहाँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरुप रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए । पाँच वर्ष अघिदेखि कृषि पेशामा लागेका बाँस्तोलाले...
जनताका हिरो कुलमान हटाइए
मंगलबार, चैत १२, २०८१
मुलुकमा अँध्यारो युगको अन्त्य गर्दै उज्यालोतर्फ डो¥याएर ‘जनताका हिरो’ बनेको विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।
त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु
मंगलबार, चैत १२, २०८१
कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जातीय विभेद कहिलेसम्म ?
मंगलबार, चैत १२, २०८१
छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष हुँदा पनि समाजमा अझैं जातीय विभेद हट्न सकेको छैन । घर गाउँ तथा सार्वजनिक सभा समारोहमै दलित समुदायका व्यक्तिहरु अपमानित हुनु परेको छ । व्यवस्थापिका संसदले २०६३ जेठ २१ मा मुलुकलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । जातीय विभेद तथा छुवाछुत (कसुर र...
नबिल स्टक डिलरद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सोमबार, चैत ११, २०८१
थिङ्क बिफोर यु फलो, वीस मनी टुमरो’ मुल नाराका साथ ‘ग्लोबल मनि वीक २०२५’ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम पाल्पा तानसेनस्थित तानसेन बहुमुखी क्याम्पस काजिपौवामा सम्पन्न भएको छ
क्षयरोग दिवसको औचित्य
सोमबार, चैत ११, २०८१
अन्तर्राष्ट्रिय क्षयरोग दिवस आज नेपालसहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक बर्षको मार्च २४ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा क्षयरोग सम्बन्धित संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् । २४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएको एक सय वर्षपछि क्षयरोग बारे जनचेतना जगाउनका लागि...
आज विश्व क्षयरोग दिवस
सोमबार, चैत ११, २०८१
आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैं छ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।
मान्छेले बाँदर हैन, बाँदरले मान्छे धपाउन थाल्यो : प्रजिअ सुवेदी
आइतबार, चैत १०, २०८१
पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले मान्छेले बाँदर हैन, बाँदरले मान्छे धपाउन थालेको बताएका छन् । डिभिजन वन कार्यालय पाल्पाले आईतबार तानसेनमा आयोजना गरेको सरोकारवालासँगको समन्वय गोष्ठीमा जिल्लामा बाँदरका कारण देखा परेका समस्या र ग्रामीण क्षेत्रका जनताले पाएको सास्तिका विषयमा चर्चा गर्दै उनले यस्तो बताएका हुन् ।

-1762576335.jpg)