Shittalpati
हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि ...
हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि ... रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट गत चैत २२ गते सात वर्षीया बालिका बेपत्ता भइन् । स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका अटोरिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि उनी महिलासँगै गएकी र त्यसपछि बेपत्ता भएकी थिइन् ।
कालीगण्डकी करिडोर सडक अवरुद्ध
कालीगण्डकी करिडोर सडक अवरुद्ध बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । 
रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता
रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ । 
सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह
सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
धमाधम भाग्दै कैदी, समात्दै सेना
धमाधम भाग्दै कैदी, समात्दै सेना जेनजीहरूले गरेको उग्र प्रदर्शनपछि मंगलबारदेखि नै देशका विभिन्न ठाउँका कारागारबाट कैदीहरू भागिरहेका छन् ।ललितपुरको नख्खु कारागार, कैलाली, कास्की, काभ्रे, सिन्धुली, रसुवा, कपिलवस्तु, रुपन्देही, महोत्तरी, तहुँ, पर्सा, मकवानपुर लगायतका जिल्ला कारागारबाट धमाधम कैदीहरू बाहिरिएका हुन् ।
सबै मिलेर आत्महत्या रोकथाम गरौं
सबै मिलेर आत्महत्या रोकथाम गरौं नेपालमा आत्महत्या गर्नेहरू दिनहुँ बढिरहेका छन् । मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ ।  आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको देखिएको...
कारागारबाट टोपबहादुर रायमाझी पनि भागे
कारागारबाट टोपबहादुर रायमाझी पनि भागे नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी पनि  भागेका छन् । भद्र बन्दीगृहमा रहेका रायमाझी भागेको बताइएको छ ।
टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क नेपाल टेलिकमले तीन दिनका लागि निःशुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सेवा मंगलबार रातिदेखि सक्रिय भएको हो ।
देशभर निषेधाज्ञा र कर्फ्यू
देशभर निषेधाज्ञा र कर्फ्यू देशभर निषेधाज्ञा र कफ्र्यू आदेश जारी गरिएको छ । नेपाली सेनाले देशको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा र कफ्र्यू लागू गरेको जनाएको छ ।
त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने
त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार  अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ । 
आज विश्वआत्महत्या रोकथाम दिवस 
आज विश्वआत्महत्या रोकथाम दिवस  आज विश्व आत्महत्या रोकथामदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १० मा यो दिवस मनाउने गरिन्छ । आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमा रहेको छ ।
Weather Update