Shittalpati
टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क

पाल्पा, नेपाल टेलिकमले तीन दिनका लागि निःशुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सेवा मंगलबार रातिदेखि सक्रिय भएको हो ।

वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउन निःशुल्क सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

यो डेटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी र भ्वाइस कल सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी लिन सकिने छ । यो जानकारी सबै ग्राहकहरूको मोबाइलमा एसएमएस मार्फत पठाइएको छ । निःशुल्क उपलब्ध गराइएको डेटा १ एमबीपीएस क्षमताको रहेको छ र भ्वाइस कल नेपाल टेलिकमको नेटवर्कभित्र (अननेट) मात्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update