
पाल्पा, आज विश्व आत्महत्या रोकथामदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १० मा यो दिवस मनाउने गरिन्छ । आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमा रहेको छ ।
प्रत्येक वर्ष आत्महत्याको कारण आठ लाख जनाको मृत्यु हुने तथ्यांकले देखाउँछ । हरेक ४० सेकेण्डमा विश्वमा एक व्यक्तिले आत्यहत्याका कारण ज्यान गुमाइरहेका हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । आत्महत्या रोकथाम दिवस मनाईरहँदा नेपालमा भने आत्महत्याको घटनाले बिकराल रूप लिदै गएको छ । नेपालमा बर्षेनी आत्महत्या गर्नेको संख्यामा वृद्धि भैरहेको छ । आत्महत्या गर्नेहरूको संख्या बढ्दै गर्दा रोकथामका लागि उपायको खोजी अब अति आवश्यक भइसकेको छ । आत्महत्या बढ्नुको कारणमा मानसिक समस्यालाई प्रमुखकारण मानिएको छ । त्यसमा पनि गरिवी, पारिवारिक कलह, लामो समय परिवारबाट अलग हुनु, तनाव, कामको बोझ आदि प्रमुख कारण रहेका छन् ।