नवजनचेतना राष्ट्रिय दैनिक २०८२ असार २१ गते शनिबार
शनिबार, असार २१, २०८२
कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने
शुक्रबार, असार २०, २०८२
होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण यही असार २० गते शुक्रबार अर्थात् आजदेखि प्रसारण हुने भएको छ । ऐनाको पहिलो संस्करणमा सामाजिक विसङ्गतिविरुद्धका विषयमा समावेश गरिएकामा दोस्रो संस्करणमा नेपालमा भएका पूर्वाधार विकासका मुद्दामा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।
कालीगण्डकीमा व्यावसायिक अकबरेखेती
शुक्रबार, असार २०, २०८२
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् ।
लुम्बिनी प्रदेशको बजेट पारित
शुक्रबार, असार २०, २०८२
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७ औं बैठकले बजेट पारित गरेको हो ।
राजनीतिमा पूर्व राष्ट्रपतिको सक्रियता र उठेका सवाल
शुक्रबार, असार २०, २०८२
केहि समय अगाडिदेखि आम वृत्तमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने अनुमान र चर्चाकाविच गत हप्ता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा राखिएको कार्यक्रममा राजनीतिमा थकाई र विश्राम भन्ने शब्द नहुने भन्दै पूनः एमालेको सक्रिय राजनीतिमा फर्कने आधिकारीक घोषणा गरेसँगै यस पक्षले प्रमाणीकता पाएको छ ...
असारे विकास
शुक्रबार, असार २०, २०८२
‘असारे विकास’ नेपाली जनजीवनमा असाध्यै चलनचल्तीको शब्द बनिसकेको छ । वर्षौंदेखि आर्थिक वर्षको ‘क्लोजिङ’ अर्थात् असार मसान्त नजिकिएसँगै विकास गतिविधिहरूले देशभरि नै जबर्जस्तीरुपमा तीव्रता पाउने भएकाले आमसर्वसाधारणले असारे विकासलाई नजिकबाटै चिन्ने गरेका छन् ।
रामपुरको मनभागका घर–घरमा खानेपानीको धारा
बिहीबार, असार १९, २०८२
जिल्लाको रामपुर नगरपालिका –१० माथिल्लो मनभागका घर–घरमा खानेपानीको धारा पुगेको छ । रामपुर नगरपालिकाको १७ लाख ५० हजार र उपभोक्ताको ४ लाख २१ हजार ६ सय रुपैयाँ नगद र जनश्रमदानमा २२ हजार लिटर क्षमताको पानी टंकी निर्माण गरि लिफ्टिङ मार्फत योजना सम्पन्न गरि घर–घरमा पानीको धारा पुगेको हो ।
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
बिहीबार, असार १९, २०८२
केही वर्ष अघिसम्म वर्खा लागेपछि यहाँका फाँट र सिमसारमा देखिने बकुल्ला हिजो आज देखिन छाडेका छन् । यहाँका माडीफाँट, अर्गली, रामपुर पूर्वखोला जस्ता फाँट र ससाना खोला किनारामा देखिने सेतो बकुल्लाहरु देखिन छाडेका हुन् ।
तुलसीपुरमा दुई पक्की पुल निर्माण
बिहीबार, असार १९, २०८२
तुलसीपुर उपमहानगरपालिका–१ भएर बग्ने भमके खोला र शान्तिनगर गाउँपालिका–३ को बौलाह खोलामा रु चार करोड २५ लाख २७ हजारको लागतमा दुई वटा पुल निर्माण भएका छन् ।
सुनचाँदी व्यवसायीले मागे अर्थमन्त्रीको राजीनामा
बिहीबार, असार १९, २०८२
पाल्पाका सुनचाँदी व्यवसायीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा माग गरेका छन् । बुधबार तानसेनको शितलपाटीमा भेला भइ सुनचाँदी व्यवसायीहरुले अर्थमन्त्री पौडेलको राजीनामा माग गर्दै आन्दोलन गरेका हुन् ।
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
बिहीबार, असार १९, २०८२
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको हो ।


