आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइँदै
बिहीबार, फागुन १, २०८१
सकियो एक महिने स्वस्थानी व्रत
बिहीबार, फागुन १, २०८१
पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम मंगलबार बेलुकी नै समापन गरी बर्तालु रातभर...
पुग्यो सबै स्थानीय तहमा बैंकिङ सेवा
बिहीबार, फागुन १, २०८१
स्थानीय तहमा बैंक पुर्याउने सरकारी नीतिअनुसार देशभरका सबै स्थानीय तहका केन्द्रमा बैंकका शाखा पुगेका छन् । बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै देशका ७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भएको हो ।
विश्व रेडियो दिवसको सान्दर्भिकता
बिहीबार, फागुन १, २०८१
आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले २०११ नोभेम्बर ३ मा फेब्रुअरी १३ लाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको हो । त्यसयता हरेक वर्ष रेडियो दिवस मनाउने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रूपमा सम्मान गर्न,...
प्रदेशको विकास र समृद्धिका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबिच साझा प्रतिवद्धता
बुधबार, माघ ३०, २०८१
प्रदेशको विकास र समृद्विको लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच साझा सहमति भएको छ । बुधबार पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलमा दुई प्रदेशबिचको समन्वयात्मक बैंठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच २१ बुँदे साझा प्रतिबद्धतामा सहमति भएको हो ।
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
बुधबार, माघ ३०, २०८१
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार छ सय ८५ दशमलव ७३ को विन्दुमा कायम भएको हो ।
आम्दानीको माध्यम बन्दै सुगन्धकोकिला
बुधबार, माघ ३०, २०८१
सुगन्धकोकिला (मालागिरि) संरक्षण गर्न तुलसीपुर उपमहानगरपालिका–१९ का बासिन्दाले घर–घरमा मालागिरि रोपेका छन् । यो दाङको छिल्लीकोटमा पाइन्छ । जो त्यहाँका बासिन्दाको आम्दानीको स्रोत पनि बनेको छ । स्थानीय प्रविर पुनका अनुसार यो बर्ष मात्रै छिल्लीकोटबाट डेढ सय क्विन्टल बढी उत्पादन भएर बिक्री गरिएको छ । “यो वर्ष भाउ कम भए...
लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै
बुधबार, माघ ३०, २०८१
पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा आज अन्तरप्रदेश समन्वय बैठक बस्दैछ । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको अन्तरप्रदेश समन्वय बैठक यहाँ बस्न लागेको हो ।
आज ‘श्री स्वस्थानी व्रत कथा’ समाप्त
बुधबार, माघ ३०, २०८१
पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।
बागलुङका पालिका नदी र खोलाका माछा संरक्षणमा जुटे
बुधबार, माघ ३०, २०८१
बागलुङका तीन वटा पालिका नदी र खोलाका माछा संरक्षणमा जुटेका छन् । गलकोट नगरपालिकाले तीन वर्षअघि जलचर संरक्षण ऐन अनुसार माछा संरक्षण गर्ने, युवालाई माछा मार्न अनुमति दिई आम्दानी लिन थालेको छ । माछाले फुल पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाउने, विषादी र करेन्ट लगाएर माछा मार्न नपाइने र अवैध...
संसदीय प्रणाली र मर्यादा
बुधबार, माघ ३०, २०८१
अहिलेले हिउँदे संसद चलीरहेको छ । संसद भित्र र बाहिर संसद र कानूनका कुराहरु चली रहेकाछन् । नेता, दल अनि मन्त्रीहरु संसद र वर्तमान सरकारका क्रियाकलाप अनि संसदीय प्रणालीको विकासका विषयमा गम्भीर चिन्तित भएको आभास हुन्छ । कुरा र कर्ममा भने भिन्नता कायमै छ ।


