Shittalpati
उद्बुद्ध माविले मनायो ७५ औं वार्षिक उत्सव

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिकाको रिङनेरहमा रहेको उद्बुद्ध माध्यमिक विद्यालयले  ७५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरी  वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सव समारोहको  निवर्तमान प्रतिनिधिसभा सदस्य एव पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद आचार्यले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका उनले उद्बुद्ध  पुर्वी क्षेत्रको शिक्षाको ज्योती भएको बताए । वि.स. २००७ साल राणाकालीन समयमै यस क्षेत्रमा विद्यालय सञ्चालन गरी पुर्वी पाल्पाका जनतामा शिक्षाको ज्योती फैलाउन यस क्षेत्रका अग्रजहरुले महान काम गरेको उनको भनाई छ । विद्यालयको लागि प्रशस्त भौतिक पुर्वाधार रहेको, शिक्षकहरुको संख्या पर्याप्त रहेकाले गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकता दिएर, सबै पक्षको सहयोग लिएर शैक्षिक गतिविधी सञ्चालन गर्न निवर्तमान  सासद आचार्यले जोड दिए । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले पालिकाको केन्द्रमा रहेको उद्बुद्धले पालिका भरीका विद्यालयले सिको गर्ने शैक्षिक गुणस्तरलाई ध्यान दिएर शैक्षिक क्रियाकलाप गर्नुपर्ने बताए । विद्यालयलाई आवश्यक पर्ने विविध सहयोग पालिकादेखी नियमित रुपमा भइरहेकाले उद्बुद्धका हरेक गतिविधी नमुना हुनुपर्ने पालिका अध्यक्ष थापाले उल्लेख गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पिताम्वर न्यौपानेले ३ करोड १८ लाखको आय–व्यय विवरण प्रस्तुत गर्दै विद्यालयले एक बर्षमा गरेका गतिविधिहरु जानकारी गराए । विद्यालयमा हाल करीव ४ सय ५० जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।  कार्यक्रममा पालिका उपाध्यक्ष भागिरथी शर्मा भट्टराई, समाजसेवी ईश्वरी न्यौपाने, पालिका शिक्षा शाखा प्रमुख निलकण्ठ देवकोटा, पुर्व शिक्षक विनोद काफ्ले, गणपती माविका प्रधानाध्यापक प्रेम बारघरे लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त ।

वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई छात्रबृत्ति, शिशु कक्षादेखी १२ कक्षासम्मका उत्कृष्ट विद्यार्थीहरु तथा छात्रबृत्ति स्थापना गर्ने विभिन्न व्यक्तिहरु तथा विभिन्न विद्यामा प्रथम द्धितिय, तृतिय भएका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पदम बहादुर थापाको अध्यक्षता, शिक्षक सुशिल न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update