Shittalpati
लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा गर्ने प्रदेश सरकारको निर्णय
लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा गर्ने प्रदेश सरकारको निर्णय लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले १२ निर्णय गरेको छ ।
अकबरेबाटै लाखौँ आम्दानी
अकबरेबाटै लाखौँ आम्दानी रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेल यस वर्ष अकबरे खुर्सानीबाट रु पाँच लाख बढी आम्दानी गर्ने योजनामा छन ।
संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा पाल्पाका स्थानीय तह
संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा पाल्पाका स्थानीय तह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याड्ढनको नतिजा २०८/०८१ मा पाल्पाका केही स्थानीय तह उत्कृष्ट देखिएका छन् भने केही  मध्यम र कमजोर देखिएका छन् । यहाँका १० स्थानीय तह मध्ये दुई वटा स्थानीय तहको नतिजा उत्कृष्ट देखिएको छ ।
हरितालिका तिज पर्व सुरु, आज पहिलो दिन दर खाइँदै
हरितालिका तिज पर्व सुरु, आज पहिलो दिन दर खाइँदै हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तिज आजबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन तिज मनाउने गरिन्छ । तिज अन्तर्गत आज पहिलो दिन दर खाएर मनाइँदै छ ।
संस्कृतिको तिज बन्न सकोस्
संस्कृतिको तिज बन्न सकोस् विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले चार दिनसम्म मनाउने महत्वपूर्ण पर्व हो, हरितालिका तिज । यो वर्ष आजदेखि सुरु हुँदै छ । हिन्दू पात्रोअनुसार चन्द्रमासका आधारमा प्रत्येक संवत्सरको भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीका दिनसम्म मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ ।
कालीगण्डकी नदीमा बेवारिसे शव फेला
कालीगण्डकी नदीमा बेवारिसे शव फेला कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको तानसेन नगरपालिका –१४ कमलपोखरीस्थित कालिगण्डकी नदिको किनारमा सडी गलेको अवस्थामा पुरुष व्यक्तिको जस्तो देखिने शव  फेला परेको हो ।
गोरुसिङ्गे–सन्धिखर्क स्तरोन्नतिपछि पर्यटक लाभान्वित
गोरुसिङ्गे–सन्धिखर्क स्तरोन्नतिपछि पर्यटक लाभान्वित पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन् । साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे–सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि आजभोलि यात्रा सहज भएको हो ।
दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु
दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु दाङमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान ६ः०० बजे आसपासमा चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपर र प्यूठानबाट चन्द्रौटा जाँदै गरेको लु३९प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । 
एक महिने गुँला पर्व आजदेखि सम्पन्न हुँदै
एक महिने गुँला पर्व आजदेखि सम्पन्न हुँदै नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले महिनाभर मनाउने गुँला पर्वको आज समापन हुँदै छ । चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म यो पर्व  मनाउने गरिन्छ ।
तिज पर्व :  हिजो र आज  
तिज पर्व : हिजो र आज    तिज नेपाली महिलाहरुको महान चाड हो । धर्म ,परम्परा र साँस्कृतिक पक्षमा फरक महत्व राखेता पनि आजभोली यो पर्र्व महिला एकता,महिला सशक्तिकरण,महिला चेतनाको पर्वको रुपमा विकसित हुँदै गएको देखिन्छ । हिजो कुनै जाती, भाषा ,धर्म ,लिड्ढ र क्षेत्रमा मात्रै सिमित  यो पर्व  आज सबै नारीहरुबिच एकताको पर्वको रुपमा विस्तार हुँदै...
मोतीरामको योगदान
मोतीरामको योगदान नेपाली साहित्य आकासका चम्किला नक्षेत्र, बहुमुखी प्रतिभाका धनी, मोतीराम भट्ट नेपाली साहित्यका निम्ति अद्वितीय व्यक्तित्व हुन् । वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा पिता दयाराम भट्ट, माता रिपुमर्दिनीदेवी भट्टका सुपुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको हो । कुशेऔँसीका दिन जन्मेका उनको १९५३ सालको कुशेऔंसीकै दिन ३०...
Weather Update