Shittalpati
त्रिबक्या प्राध्यापक संघ पाल्पाद्वारा स्थानीय तहलाई सहयोग
त्रिबक्या प्राध्यापक संघ पाल्पाद्वारा स्थानीय तहलाई सहयोग नेपाल प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले जिल्लाका १० स्थानीय तहलाई नगद सहयोग गरेको छ । पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकालाई दश/दश हजारका दरले सहयोग गरिएको हो ।
सामाजिक दुरी कायम गरी दोस्रो चरणको राहत बाँड्दै रामपुर
सामाजिक दुरी कायम गरी दोस्रो चरणको राहत बाँड्दै रामपुर रामपुर नगरपालिकाले लकडाउनबाट प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि दोस्रो चरणको राहत वितरण सुरु गरेको छ । पहिलो चरणको राहतबाट छुटेका नागरिकहरुलाई दोस्रो चरणमा राहत दिएको हो ।
चन्द समूहका नेता विरही पक्राउ
चन्द समूहका नेता विरही पक्राउ प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो विरही पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ परेका हुन् ।
सस्तोमा अण्डा विक्री, किसानको लगानी डुब्दै
सस्तोमा अण्डा विक्री, किसानको लगानी डुब्दै लकडाउनका कारण अण्डाको खपतमा कमी आउँदा अण्डा उत्पादक किसान मर्का परेका छन् । लकडाउनका कारण अण्डा खपत हुने बजार पूर्णरूपमा बन्द भएका कारण अत्यन्त कम मूल्यमा अण्डा बेच्नुपर्ने किसानले बताएका छन् ।
मौसम सफा हुन अझै केही दिन लाग्ने
मौसम सफा हुन अझै केही दिन लाग्ने पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
घुम्टे चढ्न रोक, मेला समेत स्थगन
घुम्टे चढ्न रोक, मेला समेत स्थगन वैशाख पूर्णिमाको अवसरमा बागलुङ जिल्लाको प्रसिद्ध घुम्टे लेकमा लाग्ने मेला स्थगन गरिएको छ । साथै कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै यस वर्ष सो लेकमा चढ्न समेत रोक लगाइएको छ । सो लेक लालीगुराँसको पहाड भनेरसमेत चिनिँदै आएको छ ।
रुपन्देहीमा दुईको आत्महत्या
रुपन्देहीमा दुईको आत्महत्या रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् ।
एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह
एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ ।
प्रदेश पाँचमा कोरोना भेटिएपछि थप सजगता
प्रदेश पाँचमा कोरोना भेटिएपछि थप सजगता प्रदेश पाँचमा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेटिएपछि नागरिकमा त्रास कम गर्न सतर्कता बढाइएको हो ।
डेंगुका बिरामी फेला
डेंगुका बिरामी फेला स्याङ्जाको वालिङमा डेंगुका बिरामी फेला परेका छन् । पोखरास्थित गण्डकी मेडिकल कलेजमा आइतबार वालिङ– ८ का ७० वर्षीय एक पुरुषको रगतको परीक्षण गर्दा डेंगुको संक्रमण पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
Weather Update