माग सम्वोधन हुने लिखित प्रतिबद्धता आएपछि धर्ना स्थगित
मंगलबार, साउन २७, २०७७
मंगलबार थपिए ६ सय ३८ नयाँ संक्रमित, चारको मृत्यु
मंगलबार, साउन २७, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६ सय ३८ नयाँ संक्रमित देखिएका हुन् ।
विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो
मंगलबार, साउन २७, २०७७
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारी अनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
शव फालेको अभियोगमा पक्राउ आमाछोरी सार्वजनिक
मंगलबार, साउन २७, २०७७
स्थानीय गोङ्गबुस्थित एक होटलमा बस्दै आएका एक जनाको हत्या गरी टाउकोविनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा आमाछोरीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका–की ३७ वर्षीया कल्पना (मुडभरी पौडेल) र निजकी १५...
प्रदेश नम्बर पाँचको सीमामा कडाइ
मंगलबार, साउन २७, २०७७
प्रदेश सरकारले प्रदेश नं ५ मा कोभिड–१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको छ ।
दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल
मंगलबार, साउन २७, २०७७
गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख थानपति न्यौपानेले जानकारी दिए ।
श्रीकृष्णाष्टमी पर्वको सार्थकता
मंगलबार, साउन २७, २०७७
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
सोमबार, साउन २६, २०७७
प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । प्रदेश पाँचको प्युठान र रुपन्देहीमा भएका घटनामा दुई जनाको मृत्यु भएको हो ।
परम्परा धान्न मन्दिर परिसरमै भगवती जात्रा निकालिने
सोमबार, साउन २६, २०७७
कोभिड –१९का कारण जोखिम बढ्दै गएपछि यस वर्षको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र निकालिने भएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा विजयोत्सव मन्दिर परिसरमा मात्र निकालिने भएको हो ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, एकै दिन चार जनाको मृत्यु भएको पुष्टि
सोमबार, साउन २६, २०७७
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । एकै दिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
फेरी कर्मचारी आलोपालोमा बैंक चलाउन राष्ट्र बैंकको निर्देशन
सोमबार, साउन २६, २०७७
विश्वभर फैलिएको कोरोना महामारीको जोखिम उच्च बनेपछि राष्ट्र बैंकले फेरि बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको आलोपालो प्रणालीमा व्यवस्थापन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना नै जारी गरी बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।
तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित, दोस्रो दिन पनि धर्नामा
सोमबार, साउन २६, २०७७
तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित भएका छन् । १५ दिनदेखि घर–घरमा धारा नआएपछि उनीहरु आन्दोलित भएका हुन् । तानसेन नगरपालिका वडा ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरु घरमा दुई हप्ता भन्दा बढी हुँदा समेत धारामा पानी नआएपछि आइतबारदेखि शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेका छन् ।


