Shittalpati
माथागढीमा बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता
माथागढीमा बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता जिल्लाको माथागढी गाउँपालिकाले बैंकि· प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाले भत्ताको पारदर्शिता र दुरुपयोग हुनबाट जोगाउन बैंकिङ प्रणाली मार्फत भत्ता वितरण गर्दै आएको हो ।
मूल्य नियन्त्रण गर
मूल्य नियन्त्रण गर सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न नसक्दा खाद्य वस्तुको भाउ उकालो लागेको छ । लकडाउन खुलेसँगै उपभोक्तालाई अत्याउने गरी तरकारी तथा खाद्य पदार्थको मूल्य बढेको छ ।
खानेपानी वितरण अनियमितताको विरोधमा कार्यालयमै धर्ना
खानेपानी वितरण अनियमितताको विरोधमा कार्यालयमै धर्ना दुई हप्तादेखि घर–घरमा धारा नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् । तानसेन नगरपालिका वडा नंं ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरुका घरमा दुई हप्तासम्म धारामा पानी नआएपछि उपभोक्ता दिक्क भई शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।
झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ
झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ जिल्लामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । रामपुर नगरपालिका–८, सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा थप एक जनामा कोरोना पुष्टि
पाल्पामा थप एक जनामा कोरोना पुष्टि जिल्लामा देखिएका सबै संक्रिमत डिस्चार्ज भएको केही दिनमै थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रम्भा गाउँपालिकाका ३८ जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको हो ।
जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति बा १९ च ३३८४ नंको जिप र बा ६६प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त...
गुल्मीमा चट्याङले लागेर एक पुरुषको मृत्यु
गुल्मीमा चट्याङले लागेर एक पुरुषको मृत्यु जिल्लामा चट्याङ लागेर एक जना पुरुषको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नं. १ अग्लुङ्गका ३९ वर्षका कमल भण्डारीको शनिबार राती चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काँग्रेसको आसन्न महाधिवेशन : वडादेखि जिल्लासम्म प्रतिनिधित्वको प्रावधान
काँग्रेसको आसन्न महाधिवेशन : वडादेखि जिल्लासम्म प्रतिनिधित्वको प्रावधान देशकै लामो इतिहास बोकेको र लोकतन्त्रका लागि भएका हरेक आन्दोलनहरुमा नेतृत्वदायी भूमिकामा रहेको नेपाली काँग्रेसको चौधौं महाधिवेशनको रौनक क्रियाशील सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु भएबाटै प्रारम्भ भएको छ । दुई तिहाईको सरकारदेखि प्रतिवन्धित अवस्था तथा प्रतिपक्षसम्मका सबै भूमिकामा रहेर अगाडि बढ्दै गरेको नेपाली काँग्रेस वीपी कोईरालाको नेतृत्वको...
मनसुन सक्रिय : तीन दिन देशभर वर्षा हुने
मनसुन सक्रिय : तीन दिन देशभर वर्षा हुने नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताए । ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, मौसमविद् कँडेलले भने ।
कोरोनाको कहर : पाल्पाली महिलाले ल्याए तिजको ‘पाउर’
कोरोनाको कहर : पाल्पाली महिलाले ल्याए तिजको ‘पाउर’ हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिदै छ । विगतका वर्षहरुमा यतिबेला तिजको चहलपहल व्यापक भइसकेको हुन्थ्यो । महिलाहरु दर खान दौडिरहेका हुन्थे ।
आदिवासी दिवसको सार्थकता
आदिवासी दिवसको सार्थकता संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्ले १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गरेको छ । यसै अवसरमा हरेक वर्षको अगष्ट ९ मा विश्वभरी ‘विश्व आदिवासी दिवस’ मनाउने गरिन्छ ।
Weather Update