Shittalpati
गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँडडुलमा रोक

गुल्मी । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिड्डुँलमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको हुनाले जेष्ठ नागरिक र दीर्घरोगीलाई जोखिम हुने भएकोले हिड्डुँलमा रोक लगाएको हो । जिल्लामा रहेका सबै पालिकाहरुले जेष्ठ नागरिक र दीर्घरोगी पहिचाहन गरेर उनीहरुलाई अत्यावश्यक काम बाहेर हिड्डँुलमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । सम्बन्धित पालिकाहरुले दीर्घ बिरामीले खाने औषधी व्यवस्थापन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

त्यस्तै पालिकाभित्र कोभिड–१९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा सम्बन्धित पालिका र पालिका अन्तर्गतको कुनै निश्चित क्षेत्र सिल गर्नुपर्ने अवस्था आएका डीसीसीएमसीसँग समन्वय गरी गर्न सक्ने जिम्मेवारी दिइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । जिल्लामा रहेका २ वटा निर्वाचन क्षेत्रमा २ वटा शववाहन खरिद प्रक्रिया अगाडि बढाइने भएको छ । त्यसको लागि सम्बन्धित क्षेत्रमा पर्ने पालिकाहरुको समन्वयमा खरिद गर्ने निर्णय भएको प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update