माथागढीको सिमलधारामा पहिलो पटक बस पुग्यो, स्थानीय खुसी
आइतबार, पुस ५, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध पाल्पामा पनि प्रदर्शन
आइतबार, पुस ५, २०७७
संघीय संसद्को प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध पाल्पा लगायत देशभर प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै पाल्पामा पनि विरोध प्रदर्शन भएको हो ।
संसद् विघटनप्रति आपत्ति जनाउदै सात मन्त्रीले दिए राजीनामा
आइतबार, पुस ५, २०७७
प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै ७ मन्त्रीले राजीनामा दिएका हुन् ।
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : काँग्रेस
आइतबार, पुस ५, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सरकारले चालेको कदम संविधानको अक्षर, मर्म र भावना विपरीत रहेको छ । प्रधानमन्त्री ओलीले आज बिहान ताजा जनादेशका लागि भनी प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए ।
गुल्मीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते
आइतबार, पुस ५, २०७७
जिल्लाको मुसिकोट नगरपालिका ४ तल्लो पानी भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको छ । वामिटक्सारबाट सदरमुकाम तम्घास आउदै गरेको लु १ त ११०० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
राष्ट्रपतिद्वारा संसद् विघटन, बैशाख १७ र २७ मा निर्वाचन हुने
आइतबार, पुस ५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
पाल्पाको तिनाउमा भीरबाट लडेर ४४ वर्षीय पुरुषको मृत्यु
आइतबार, पुस ५, २०७७
जिल्लाको तिनाउ गाउँपालिका –६ मस्याममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । शनिबार राती घरबाट हिडेका ४४ वर्षीय गणेश विष्ट आइतबार विहान घर नजिकैको भीरमा मृत अवस्थामा फेला परेका छन् ।
प्रधानमन्त्रीले गरे संसद विघटनको सिफारिस
आइतबार, पुस ५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन् ।
पाल्पामा टिपर दुर्घटना हुँदा दुई घाइते
आइतबार, पुस ५, २०७७
जिल्लाको रम्भा गाउँपालिका –३ अगाहखोला स्थित सिद्दार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । सिमेन्ट लिएर बुटवलदेखि स्याङ्जातर्फ जाँदै गरेको बा ५ ख ९१५३ न. को टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
शिक्षकलाई तालिम
आइतबार, पुस ५, २०७७
शिक्षकको पेशागत विकासका लागि तानसेनमा तालिम कार्यशाला सञ्चालन भएको छ । लुम्बिनी प्रदेश शिक्षा तालिम केन्द्र रुपन्देहीको आयोजनामा शुक्रबारदेखि तालिम सञ्चालन भएको हो ।
पाल्पाका थप ४६ जना कोरोनामुक्त
आइतबार, पुस ५, २०७७
पाल्पामा थप ४६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ४६ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, चार घाइते
आइतबार, पुस ५, २०७७
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । अटो दुर्घटनामा दुई जना र ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुविचौरमा शुक्रबार राति भएको अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
जन्मदिनको खर्च कटाएर वृद्धाश्रमलाई सहयोग
आइतबार, पुस ५, २०७७
गुल्मीका एक युवाले आफ्नो जन्मदिनमा गर्ने खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका १ क्याम्पसरोडमा व्यवसाय सञ्चालन गर्दै आएका जनक पन्थले जन्म दिनको अवसर पारेर रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको मानव कल्याण वृद्धाश्रममा पुगेर वृद्धावृद्धहरुलाई सामूहिक भोजन गराएका छन् ।


