Shittalpati
माथागढीको सिमलधारामा पहिलो पटक बस पुग्यो, स्थानीय खुसी

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाको सिमलधारामा पहिलो पटक बस पुगेको छ । खहरे,फेदी, ज्यामिरे, दान्सिङ्गा, गोफादी हुँदै गढीबारी सिमलधारामा पहिलो पटक बस पुगेको हो । गाउँमा बस पुगेपछि स्थानीय खुसी भएका छन् । उनीहरुले बस पुर्‍याउन सहयोग गर्ने माथागढी गाउँपालिका, ४ का वडा अध्यक्ष मधु पराजुली,बस धनी सुदर्शन रायमाझी, अनिल थापा र चालकलाई विशेष धन्यवाद दिएका छन् ।

स्थानीयहरुले फुलमाला र अबिर लगाई उनीहरुलाई भव्य स्वागत समेत गरेका छन् । पहिलो पटक गाउँमा बस पुगे पछी खुशी हँुदै स्थानीय राम बहादुर विकले बल्ल आफुले स्थानीय सरकार जनतासँग रहेको अनुभुति गरेको बताए । कार्यक्रममा वडा अध्यक्ष मधु पराजुलीले स्थानीय उत्पादनको बजारीकरणका लागि यातायातले महत्वपूर्ण सहयोग पुग्ने बताए । यातायातको अभावमा यहाँ उत्पादित कृषि सामग्रीले बजार नपाइरहेका बेला अब यातायात पुगेपछि सहजै बजारसम्म पुर्‍याउन सहयोग पुग्ने अध्यक्ष पराजुलीले विश्वास व्यक्त गरे । उनले आफ्नै कार्यकालमा नै रम्भा गाउँपालिकाको हुमिन र पूर्वखोला गाउँपालिकाको देवीनगरसँग समन्वय गरी माथिल्लो मकले हुँदै देवीनगरसम्म बाटोको स्तरोन्नती गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । स्थानीय समाजसेवी जीवन रायमाझीले अब गाउँलेहरुले आयआर्जन तर्फ ध्यान दिनु पर्ने बताए । मौसमको अनुकुलता रहँदासम्म निरन्तर बस सञ्चालन गरिदिन स्थानीयहरुले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update