पाल्पा, संघीय संसद्को प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध पाल्पा लगायत देशभर प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै पाल्पामा पनि विरोध प्रदर्शन भएको हो ।
राष्ट्रिय युवा संघ र अनेरास्ववियु पाल्पाले आइतबार साँझा तानसेनमा सांकेतिक विरोध जनाएका हुन् । विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ पाल्पाका अध्यक्ष धनेन्द्र घिमिरे, अनेरास्ववियुका केन्द्रिय सदस्य विक्रम राना, अनेरास्ववियु पाल्पाका संयोजक पदम सोमै लगायतले दुई चार जना व्यक्तिहरुको लहडका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि सिफारिस गर्नु र राष्ट्रपतिले त्यसलाई स्वीकार गर्नु असंवैधानिक भएको बताएका छन् । उनीहरुले प्रस्ताव तत्काल खारेज गर्न समेत माग गरेका छन् । आफुहरुको मागलाई सरकारले वेवास्ता गरे चरणवद्ध आन्दोलन गर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।


