Shittalpati
नेपाली काँग्रेस पाल्पाको कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड
नेपाली काँग्रेस पाल्पाको कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड भएको छ । विहीबार राती तानसेन नगरपालिका ४ सिल्खानटोलमा रहेको पार्टी कार्यालयको मूलगेटको ताला फोरेर चोरीको प्रयास गरिएको हो ।
गुल्मीमा विवादका कारण डेढ वर्षदेखि रोकिएको सुरक्षित आप्रवासन परियोजना सञ्चालनमा आउने
गुल्मीमा विवादका कारण डेढ वर्षदेखि रोकिएको सुरक्षित आप्रवासन परियोजना सञ्चालनमा आउने गुल्मीमा विवादका कारण विगत डेढ वर्ष देखि सञ्चालन हुन नसकेको सुरक्षित आप्रवासन (सामी) परियोजना अब सञ्चालन हुने भएको छ । यस अघि नेपाली काँग्रेस गुल्मीको विरोधका कारण सञ्चालन हुन नसकेको परियोजनाको विवाद समाधान भएसँगै सञ्चालन हुने भएको हो ।
मालपोत कार्यालयमा तोडफोड
मालपोत कार्यालयमा तोडफोड मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् । कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।
कालीगण्डकी किनारमा महिलाको शव फेला
कालीगण्डकी किनारमा महिलाको शव फेला कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
तानसेनले माग्यो प्रदेशसँग ३ सय ७५ खानेपानीका योजना
तानसेनले माग्यो प्रदेशसँग ३ सय ७५ खानेपानीका योजना तानसेन नगरपालिकाले वास (खानेपानी सरसफाई तथा स्वच्छता) कार्यक्रमको प्रतिवेदन प्रमाणिकरण गरेको छ । गणक तथा प्रतिनिधीहरु घर–घरमा पुगी खानेपानी, शौचालय र धारा भए नभएको घर संख्याको विवरण संकलन गरी तयार गरेको प्रतिवेदन नगर सरकारले प्रमाणित गरेको हो ।
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस शुक्रबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको १८ डिसेम्बरमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिएको हो ।
एनसेलले ल्यायो ‘एनसेल जबसप’
एनसेलले ल्यायो ‘एनसेल जबसप’ एनसेलले रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म ‘एनसेल जबसप’ योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ योजना ल्याएको हो ।
आप्रवासी दिवसको सार्थकता
आप्रवासी दिवसको सार्थकता नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।
पाल्पाका थप २० जनाले कोरोना जिते, ६ जनामा संक्रमण देखियो
पाल्पाका थप २० जनाले कोरोना जिते, ६ जनामा संक्रमण देखियो पाल्पामा थप २० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २० जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पामा तीन पक्की पुलको शिलान्यास
पाल्पामा तीन पक्की पुलको शिलान्यास जिल्लामा तीन वटा पक्की पुलको शिलान्यास गरिएको छ । निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा तीन वटा पक्की पुलको शिलान्यास गरिएको हो । निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका जोड्ने निस्दी खोला रेचेघाटमा पक्की पुलको शिलान्यास गरिएको छ ।
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो ।
Weather Update