Shittalpati
पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो
पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो पाल्पामा कोरोना भाइसरको संक्रमणबाट शनिबारसम्म ३१ जनाको मृत्यु भएको छ । शुक्रबार बगनासकाली गाउँपालिकाका थप १ संक्रमित पुरुषको मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
टोपी दिवसको सार्थकता
टोपी दिवसको सार्थकता नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । शुक्रबार पनि ढाकाका टोपीहरु लगाएर दिवस मनाइएको छ । राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि भन्दै १ जनवरीलाई टोपी दिवसको रुपमा मानिएको छ ।
गुल्मीमा आगलागी हुँदा आठ चौपाया मरे
गुल्मीमा आगलागी हुँदा आठ चौपाया मरे जिल्लामा आगालागीमा परी आठ चौपाया मरेका छन् । रेसुङ्गा नगरपालिका ५ खाम्सेपानीमा आगलागी हुदाँ आठ वटा पशु चौपाया मरेका हुन् । खाम्सेपानीस्थित कृष्ण बहादुर कुँवरको टिनले छाएको गोठमा गए राती आगलागी हुँदा पशु चौपया मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘टोपी दिवस’ :  सामाजिक सञ्जालमा देखाउन कि, परम्परा जोगाउन ?
‘टोपी दिवस’ : सामाजिक सञ्जालमा देखाउन कि, परम्परा जोगाउन ? यि हरफहरु हुन् गोपाल योञ्जनको स्वर, संगीत रचना रहेको राष्ट्रिय गीत । यि हरफहरुले देशप्रति माया गर्ने जो कोहीको मनलाई लालयित गराउँछन् । यही भावमा व्यक्त गरिएको टोपीले राष्ट्रियता अडिएको छ ।
चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा
चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
नेपालमा ७ सय ४८ संक्रमित डिस्चार्ज, ८ को मृत्यु
नेपालमा ७ सय ४८ संक्रमित डिस्चार्ज, ८ को मृत्यु पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ७ सय ४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने...
आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने
आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।
दियोको भरमा वर्षौं बित्यो,  बलेन बिजुली
दियोको भरमा वर्षौं बित्यो, बलेन बिजुली पुथाउत्तर गङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत आयोजनाको काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९ सय घरधुरी प्रभावित भएका छन् ।
मेलमिलाप नीतिको सान्दर्भिकता : संविधान र लोकतन्त्रको रक्षा
मेलमिलाप नीतिको सान्दर्भिकता : संविधान र लोकतन्त्रको रक्षा संविधान र लोकतन्त्रको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ४५ औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसको अवसरमा नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको संवद्र्धन नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता रहेको बताएका हुन् ।
बिहीबार ५ सय ३४ कोरोना संक्रमित, ९ को मृत्यु
बिहीबार ५ सय ३४ कोरोना संक्रमित, ९ को मृत्यु पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा १ सय ९६ महिला र ३ सय ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
Weather Update