उधौली पर्व र योमरी पुन्ही
बिहीबार, पुस १६, २०७७
नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउने तयारी
बुधबार, पुस १५, २०७७
नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को संक्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो ।
नेवार, किराँत समुदायले योमरी पुन्ही र उधौली पर्व मनाए
बुधबार, पुस १५, २०७७
नेवार र किराँत समुदायले बुधबार योमरी पुन्ही र उधौली पर्व आ–आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाएका छन् । कोरोनाको कारण विशेष सुरक्षा सावधानी अपनाएर उनीहरुले चाडपर्व मनाएका हुन् ।
सनातन धर्म सेवा समितिको अधिवेशन, अध्यक्षमा रेग्मी
बुधबार, पुस १५, २०७७
सनातन धर्म सेवा समिति तानसेनको अधिवेशन भएको छ । समितिको अमरनारायण मन्दिर परिसरभित्र नवनिर्मित हनुमान मन्दिरमा बुधबार धान्य पूर्णिमाको दिन गुठ पुजा सहित अधिवेशन भएको हो । अधिवेशनले वरुण रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन
बुधबार, पुस १५, २०७७
उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका लागि सचेत गराउन घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । उपभोक्तामा सचेतना अभिवृद्धि गर्न समुदाय र विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
पाँच सय १२ स्थानीय निकायमा इन्टरनेट जडान
बुधबार, पुस १५, २०७७
देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मंसिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको हो ।
नेवार समुदायको जाडोको परिकार योमरी
बुधबार, पुस १५, २०७७
आज धान्य पूर्णिमा, योमरी पुन्ही । आज नै किरात समुदायहरुको उधौली पर्व पनि हो । प्रत्येक वर्ष मार्गशिर्ष शुक्लपक्ष पूर्णिमा तिथिलाई धान्य पूर्णिमा भनिन्छ ।
लोकतन्त्र माथिको खतरा
बुधबार, पुस १५, २०७७
संविधानको वरखिलाफ प्रधानमन्त्री केपी ओलीबाट भएको संघीय संसद् विघटनपछि उत्पन्न प्रतिकूल राजनैतिक अवस्थाले मुलुक फेरि दिन प्रतिदिन अराजकता तर्फ धकेलिने समस्या उत्पन्न भएको भान हुन थालेको छ । नेकपाको प्रचण्ड बहुमतको सरकारलाई चकनाचुर हुने गरी गरिने क्रियाकलाप भन्दा पनि संविधानमै नभएको अधिकार प्रयोग गरेको देखाएर संसद् विघटन गर्ने कार्यले चारै...
हात्तीको आक्रमणबाट मृत्यु
मंगलबार, पुस १४, २०७७
सुनसरीको कोशी गाउँपालिका–४ मा पुनः हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी–५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताउनुभयो ।
ससंद पुनस्र्थापनाको माग गर्दै नेकपा दाहाल नेपाल पक्षको विरोध
मंगलबार, पुस १४, २०७७
संसद् विघटन असंवैधानिक कमद भएकोले संसद् पुनःस्थापना हुनुपर्ने माग गर्दै नेकपा पाल्पा दाहाल नेपाल पक्षले विरोध कार्यक्रम गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार नेकपा पाल्पा दाहाल नेपाल समूहले केपी ओली सरकार राष्ट्रघाती, जनविरोधी, भ्रष्टाचारी, भएकोले विघटित संसद पुनःस्थापना गरी वर्तमान सरकारलाई हटाउनुपर्ने आवाज उठाएका छन् ।
गुल्मीमा उत्पादित वस्तुहरुको गुणस्तर र लेभलिङ गर्न अन्तरक्रिया
मंगलबार, पुस १४, २०७७
गुल्मीमा उत्पादित वस्तुहरुको लेभलिङ गर्ने उद्देश्यले उद्योगहरु, व्यवसायीहरु र सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा विभिन्न खाद्यवस्तु उत्पादक उद्योगहरुसँग अभिमूखिकरण कार्यक्रम गरेको हो ।


