बर्डफ्लूबाट जोगिन उच्च सर्तकता
आइतबार, पुस २६, २०७७
पाल्पाको तानसेनमा शिशु मृत अवस्थामा फेला
शनिबार, पुस २५, २०७७
जिल्लाको तानसेन नगरपालिका ५ सितलडाँडामा शिशु मृत अवस्थामा फेला परेको छ । शनिबार दिउँसो ४ः४५ बजे सितलडाँडामा तानसेन रानिमहल भित्री सडक खण्डको सडक छेउमा बेवारिसे अवस्थामा शिशु मृत भेटिएको हो ।
मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा ज्ञवाली
शनिबार, पुस २५, २०७७
मानवअधिकार तथा शान्ति समाज पाल्पाको सभापतिमा अरुण ज्ञवाली चयन भएका छन् । शनिबार तानसेनमा भएको १० औं अधिवेशनबाट ज्ञवाली निर्विरोध निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा रेणुका देवकोटा, सचिव सन्तवीर बराल, सहसचिब ठाकुर अधिकारी, कोषाध्यक्ष मधुदयाल सैजु र सदस्यहरुमा सरिफ गहतराज, सुशीला रेग्मी, रमा पन्त, बंकिमचन्द खनाल, बिष्णुकुमारी श्रेष्ठ र...
पाल्पा र गुल्मीमा पनि संसद् विघटनविरुद्ध काँग्रेसको प्रदर्शन
शनिबार, पुस २५, २०७७
संसद् विघटनको विरोधमा नेपाली काँग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद् विघटनलाई असंवैधानिक भनेको उसले पाल्पा, गुुल्मी सहित देशभरका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।
पाल्पाका थप २३ कोरोना संक्रमित निको भए, ८ थपिए
शनिबार, पुस २५, २०७७
पाल्पामा थप २३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २३ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका भित्रका १३ जनाले कोरोना जितेका छन् ।
भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई
शनिबार, पुस २५, २०७७
जितगढी किल्लाको प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा भएको भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन् । बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्य पश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा भएको म्याराथनको...
त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति
शनिबार, पुस २५, २०७७
त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार) मा नियुक्ति दिने सहमति...
आज संसद् विघटनका विरुद्ध काँग्रेसको आन्दोलन
शनिबार, पुस २५, २०७७
संसद् विघटनका विरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको नेपाली काँग्रेसले शनिबार (आज) देशका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रबाट एकसाथ सो कदमको विरोध गर्दैछ । आन्दोलनका लागि पाल्पा र गुल्मी काँग्रेसले पनि आफ्नो तयारीलाई व्यापक बनाएका छन् । आज हुने विरोध सभालाई सम्बोधन गर्न केन्द्रस्तरदेखि प्रदेशस्तरका नेताहरु शुक्रबार नै...
कृषि कर्जाका लागि ग्लोबल आइएमई बैंक र हेफर बिच सम्झौता
शनिबार, पुस २५, २०७७
व्यवसायिक कृषकहरुका लागि सहुलियपूर्ण कृषि कर्जा उपलब्ध गराउन ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता भएको छ । कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्यले यी दुई संस्थाबिच सम्झौता भएको हो ।
समायोजनले गुल्मीका ३७ विद्यालय विलीन
शनिबार, पुस २५, २०७७
विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो । एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन्, जसमध्ये ४७ विद्यालयको कक्षा घटाइएको छ ।
विकासको काम ओझेलमा
शनिबार, पुस २५, २०७७
संसद् विघटनपछि देशको राजनीतिक घटनाक्रम नै मोडिएको छ । यसले राजनीतिक घटना क्रममा मात्रै होइन विकास निर्माणका हरेक पक्षलाई असर गरेको छ । सरकार र राजनीतिक दल नै आ–आफ्नै शक्ति संर्घषमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि चुनावको मिति...


