Shittalpati
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै छ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन लागिएको हो । सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज...
नारायणटोल विकास संस्थाको अधिवेशन तथा पद हस्तान्तरण
नारायणटोल विकास संस्थाको अधिवेशन तथा पद हस्तान्तरण नारायण टोल विकास संस्थाको अधिवेशन भएको छ । तानसेनको नारायण टोलमा बसोवास गर्दै आएका विभिन्न जातजाति, भाषाभाषीका महिलाहरुद्वारा गठित संस्थाको तानसेनमा प्रथम अधिवेशन तथा पद हस्तान्तरण भएको हो । अधिवेशनले पदमा जुनु शाक्यलाई अध्यक्षमा चयन गरेको छ ।
भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा सापकोटा
भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा सापकोटा तानसेनको भुसलडाँडामा गठित होटल व्यवसायीहरुको संगठन भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा जयराम सापकोटा निर्विरोध निर्वाचित भएका छन् । समितिको तानसेनमा बसेको १२औं साधारणसभा एवं छैठौं अधिवेशनले सापकोटालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।
गैँडाको ‘केटी’ मृत फेला
गैँडाको ‘केटी’ मृत फेला चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करीब तीन महिनाको मृत ‘केटी’ फेला परेको हो ।
बङ्गलादेशमा भएको म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण
बङ्गलादेशमा भएको म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितिकी छन् । ढाकामा आइतबार भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । सो प्रतिस्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन्...
फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे
फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे दोलखाको मेलुङ गाउँपालिका–१ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।
विज्ञापन ऐनको पालना नगर्नेलाई कारवाही
विज्ञापन ऐनको पालना नगर्नेलाई कारवाही सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ । सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्मसमेत उक्त कार्य नरोकेपछि विज्ञापन बोर्डले कारवाहीको तयारी गरेको हो ।
पाल्पामा राष्ट्रिय कृषि गणनाको तयारी हुँदै
पाल्पामा राष्ट्रिय कृषि गणनाको तयारी हुँदै जिल्लामा कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना बनाउने उद्देश्यले सातौं राष्ट्रिय कृषि गणना–२०७८ को तयारी सुुरु गरिएको छ । कृषकहरुको आयस्तर माथि उकास्न, कृषि पेशालाई प्रमुख आयश्रोतको रुपमा विकास गर्न, तीन वटै सरकारबाट कृषि पेशालाई उच्च प्राथमिकता दिन विविध विषयवस्तुमा केन्द्रित रहेर जिल्ला तथ्याङ्क कार्यालय पाल्पाले राष्ट्रिय कृषि...
एक सय ८० विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा
एक सय ८० विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा जिल्लाको माथागढी गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिदै आएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिँदै आएको हो । गाउँपालिकाले यस वर्ष सामाजिक स्वास्थ्य बिमाबाट बञ्चित रहेका वडा ७ र ८ का १ सय ८० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ...
आलुको पकेट क्षेत्र बन्दै माथागढीको चिर्तुङ्गधारा
आलुको पकेट क्षेत्र बन्दै माथागढीको चिर्तुङ्गधारा जिल्लाको माथागढी गाउँपालिकाले वडा ७ रहवासको चिर्तुङ्गधारालाई आलुको पकेट क्षेत्रको रुपमा विस्तार गर्न लागेको छ । आलुका लागि उपयुक्त क्षेत्र चिर्तुङ्गधारा रहेकाले आलुको पकेट क्षेत्र नै बनाउने गरी गाउँपालिकाले काम अगाडि बढाएको हो । अहिले यस क्षेत्रको २५ रोपनी क्षेत्रफलमा आलु लगाई सकिएको छ ।
Weather Update