‘बहिनी बाँच्न चाहन्छे’
बिहीबार, पुस २३, २०७७
जीप दुर्घटना : एकको मृत्यु, सात घाइते
बिहीबार, पुस २३, २०७७
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह
बिहीबार, पुस २३, २०७७
कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो ।
भूकम्पको पाँच वर्ष, गुल्मीका एक सय २४ विद्यालय पुनर्निर्माण
बिहीबार, पुस २३, २०७७
पाँच वर्षअघि (वैशाख ०७२) गएको भूकम्पले जिल्लामा भत्केका ३ सय १२ मध्ये १ सय २४ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । यस्तै, ६२ वटा विद्यालय निर्माणाधीन अवस्थामा छन् भने एक सय २६ विद्यालय निर्माणका लागि छनोट मात्रै भएका छन् ।
कोरोनाका कारण थप ६ को मृत्यु
बिहीबार, पुस २३, २०७७
नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचार गराइरहेका थप ६ जनाको बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
माथागढीका विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन
बिहीबार, पुस २३, २०७७
जिल्लाको माथागढी गाउँपालिका भित्रका विद्यालयहरुमा अर्धवार्षिक परीक्षा सञ्चालन भएको छ । कोभिडका कारण समयमै सञ्चालन हुन नसकेको परीक्षा मंगलबारदेखि सञ्चालन भएको हो ।
भाइरसको नयाँ स्वरुप
बिहीबार, पुस २३, २०७७
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कायमै रहेका बेला पुनःबेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस संक्रमण देखिएको विषयले यति बेला सर्वत्र चासो र चिन्ता बढेको छ । नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ ।
प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा सहभागी हुन गुल्मी काँग्रेसको आग्रह
बुधबार, पुस २२, २०७७
नेपाली काँग्रेस गुल्मीले पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा हुन लागेका विभिन्न कार्यक्रमहरुमा सम्पूर्ण जिल्लाबासीहरुलाई सहभागीको लागि आग्रह गरेको छ ।
पाल्पामा १५ जना कोरोना संक्रमित थपिए
बुधबार, पुस २२, २०७७
पाल्पामा १५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई मंगलबार र बुधबारको प्राप्त विवरण अनुसार ९ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
सञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह
बुधबार, पुस २२, २०७७
प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ । काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मासम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य र शिष्ट हुन...
विदेशबाट फर्केर सामूहिक तरकारी खेती
बुधबार, पुस २२, २०७७
विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु
बुधबार, पुस २२, २०७७
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेशी तोकिएको छ ।


