Shittalpati
पत्रकारलाई खोप
पत्रकारलाई खोप भारतबाट अनुदान स्वरुप आएको कोरोना भाइरसविरुद्धको खोप नेपाल सरकारले माघ १४ गतेबाट लगाउन सुरु गरेको थियो । सरकारले खोप अभियान सुरु गर्नुभन्दा अगाडि नै समूह विभिजन गरेको थियो ।
सरकारको असंवैधानिक कदमका विरुद्ध प्रजातान्त्रिक विचार समाजको ध्यानाकर्षण
सरकारको असंवैधानिक कदमका विरुद्ध प्रजातान्त्रिक विचार समाजको ध्यानाकर्षण नेपाली काँग्रेस निकट प्रजातान्त्रिक विचार समाजले वर्तमान सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाजले सरकारका पछिल्ला कदमले कानुनी शासनको खिल्ली उडाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
कोरोनाबाट विदेशमा दुई नेपालीको निधन
कोरोनाबाट विदेशमा दुई नेपालीको निधन कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३ सय ३५ जना पुगेको छ ।
प्रणय दिवसको महत्व
प्रणय दिवसको महत्व प्रणय दिवस वा प्रेम दिवस हरेक वर्षको १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
ओलीको आश्वासन : ‘बलात्कारी र हत्याका आरोपितलाई कारवाही गरेरै छाड्छौं’
ओलीको आश्वासन : ‘बलात्कारी र हत्याका आरोपितलाई कारवाही गरेरै छाड्छौं’ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्मला, भागरथीलगायतका बलात्कारी र हत्याका आरोपितहरूलाई कारबाही गरेरै छाड्ने आश्वासन दिएका छन् । नेकपा (ओली समूह) ले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानीमुनि गए पनि नछोडिने र सजाय पनि कम नहुने आश्वासन...
पाल्पामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो
पाल्पामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो जिल्लामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ पाल्पा र नेपाल डेरी एसोसिएसन पाल्पाको गत माघ २७ गते बसेको बैंठकले फागुन १ गतेदेखि लागुहुने गरी दुधको मूल्य बढाएको हो ।
प्राज्ञिक विद्यार्थी परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा रेग्मी
प्राज्ञिक विद्यार्थी परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा रेग्मी प्राज्ञिक विद्यार्थी परिषद नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुष्कर राज रेग्मी निर्वाचित भएका छन् । परिषद्को तानसेनमा भएको दोस्रो प्रदेश अधिवेशनले रेग्मीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
प्रतिनिधिसभा विघटनका विरुद्ध पाल्पा काँग्रेसको सोमबार पुनःप्रदर्शन
प्रतिनिधिसभा विघटनका विरुद्ध पाल्पा काँग्रेसको सोमबार पुनःप्रदर्शन प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको कांग्रेसले फागुन ३ गते पुनः विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला समिति पाल्पाको आयोजनामा शुक्रबार बसेको उपलब्ध पदाधिकारी, जिल्ला समितिका सदस्य तथा महासमिति, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरुको बैठकले प्रदर्शनलाई बृहद गराउने निर्णय गरेको...
मोटरसाईकल चोरीमा संलग्न चार पक्राउ
मोटरसाईकल चोरीमा संलग्न चार पक्राउ मोटरसाईकल चोरीमा संलग्न चार व्यक्ति पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संलग्न रहेका चार जनालाई महानगरीय ट्राफिक प्रहरीले पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको प्रहरी टोलीले महाबौद्धबाट धादिङ्ग गजुरीका धन बहादुर तामाङ, थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलालल तामाङ्गलाई मोटसाईकलसहित पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले एनजेडीलाई जानकारी...
गरिमा विकास बैंकको अध्यक्षमा बस्याल
गरिमा विकास बैंकको अध्यक्षमा बस्याल नेपाल राष्ट्र बैङ्कको ख’वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल निर्वाचित भएका छन् । बैंकको पोखरामा भएको १४ औँ साधारणले बस्याललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–३ घर भएका बस्याल बैंकको स्थापना कालदेखी सञ्चालक समितिमा रहँदै आएका थिए ।
Weather Update