पाल्पामा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी !
शनिबार, फागुन १, २०७७
पाल्पामा किट नहुँदा कोरोना परीक्षण रोकियो
शनिबार, फागुन १, २०७७
पाल्पाको तानसेनास्थित प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ । कोरोना भाइरस जाँचका लागि आवश्यक पर्ने ‘एक्स्ट्रयाक्सन’ किट सकिएपछि बिहीबारदेखि पिसिआर टेष्ट रोकिएको हो । परीक्षण नभएपछि अहिले प्रयोगशाला बन्द रहेको छ ।
आज ओली समूहले बुटवलमा आमसभा गर्दै
शनिबार, फागुन १, २०७७
नेकपा ओली समूहले आज (शनिबार) लुम्बिनी प्रदेशको बुटवलमा आमसभा गर्ने भएको छ । आमसभाका लागि तयारी अन्तिम चरणमा पुगेको ओली पक्षले जनाएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ ओली समूहले आमसभा गर्दैछ ।
जेष्ठ नागरिकको सम्मानमा गुल्मीदरबार गाउँपालिका
शनिबार, फागुन १, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिकहरुको सम्मानमा चासो देखाएको छ । गाउँपालिकाले जेष्ठ नागरिकहरु नै समाजका पथप्रदर्शक भएको भन्दै उनीहरुको सम्मानमा चासो देखाउदै आएको हो । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अन्तर्गत नै गाउँपालिकाले उनीहरुको चासो, गुनासो, समस्या, इच्छा, आकांक्षाका विषयमा टोल–टोलमा पुगेर अन्तक्र्रिया गरेको छ ।
गुल्मीमा हुने विरोध सभाको नेता भण्डारीले सम्बोधन गर्ने
शनिबार, फागुन १, २०७७
प्रतिनिधि सभा विघटनको विरुद्ध गुल्मीमा हुन लागेको सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा.चन्द्र भण्डारीले सम्बोधन गर्ने भएका छन् । यही फागुन ३ गते काँग्रेस गुल्मीको आयोजनामा हुन लागेको विरोध सभालाई नेता भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि
शनिबार, फागुन १, २०७७
नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थहरुको मूल्य बढेर आएको हुँदा निगमले मूल्य वृद्धि गरेको जनाएको छ । तर अन्तर्राष्ट्रिय रुपमा मूल्य घट्दासमेत नघट्ने परम्परालाई दृष्टिगत गर्दा हाल बढाइएको मूल्य वृद्धि अस्वभाविक रहेको ठहर छ । निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर...
१ सय २७ सङ्क्रमित
शुक्रबार, माघ ३०, २०७७
कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण आज १ सय २७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ ।
कोरोनाले लघु तथा घरेलु उद्योग बढी प्रभावित
शुक्रबार, माघ ३०, २०७७
कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक विदा
शुक्रबार, माघ ३०, २०७७
लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने निणर्य गरेको छ । प्रदेश सरकारले प्रदेश स्थापना भएको दिनलाई सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकार मन्त्रिपषिदको २०७७/०१/१० को निणर्य अनुसार २०७७ फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेको छ ।
पाल्पाली विद्यार्थीको सरकारलाई प्रश्न–न्याय कहिले सरकार ?
शुक्रबार, माघ ३०, २०७७
नेपालमा बलात्कार पछि हत्याका घटनाहरु बढ्दै गएपछि पाल्पाका विद्यार्थीहरुले न्यायको माग गरेका छन् । सरकारको गैरजिम्मेवारीका कारण दिनहुँ जसो बलात्कारपछि हत्याका घटनाहरु बढ्दै गएकाले हत्यामा संलग्नलाई कडा भन्दा कडा सजायको व्यवस्था गर्न विद्यार्थीहरुले सरकारसँग माग गरेका हुन् ।
विहार र निसान घरलाई आर्थिक सहयोग
शुक्रबार, माघ ३०, २०७७
जिल्लामा निर्माणधिन अवस्थामा रहेका विहार र निसान घरका लागि आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले जिल्लाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध विहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि आर्थिक सहयोग गरेको हो ।
‘बुटवलको जनसभा ऐतिहासिक हुन्छ’
शुक्रबार, माघ ३०, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न गरिएको बताएका छन् । सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट पारे ।


