Shittalpati
पाल्पामा पनि सरकार विरुद्ध प्रदर्शन, ‘सरकारको अधिनायकवादी व्यवहारका विरुद्ध संघर्ष’
पाल्पामा पनि सरकार विरुद्ध प्रदर्शन, ‘सरकारको अधिनायकवादी व्यवहारका विरुद्ध संघर्ष’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले वर्तमान सरकारले अधिनायकवादी चिन्तन र व्यवहार प्रदर्शन गर्न थालेपछि विरोधको संघर्षमा उत्रन बाध्य भएको बताएका छन् । काँग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा पाल्पाको तानसेनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पाण्डेले दुई तिहाईको दम्भ देखाएर सरकारले अधिनायकवाद चरित्र प्रदर्शन गरिरहेकाले काँग्रेस विरोधमा...
आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै
आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज सरस्वती पूजा गरिदै छ । वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ । आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ ।
अस्पतालमा रिफर लिनेको भिड
अस्पतालमा रिफर लिनेको भिड रिफर कार्ड लिनका पाल्पा अस्पताल लाईनमा बसेका विरामी र आफन्त । नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत फागुन १ गतेदेखि लागु हुने गरी अन्य अस्पतालका लागि सरकारी स्वास्थ्य संस्थाको रिफर अनिवार्य गराएपछि पाल्पा अस्पतालमा रिफर लिनेहरुको भिड बढेको छ ।
गुल्मी चन्द्रकोटका नागरिकलाई आईपीओ निष्कासन गरिदै
गुल्मी चन्द्रकोटका नागरिकलाई आईपीओ निष्कासन गरिदै गुल्मीको चन्द्रकोट गाउँपालिका ६ र ७ का नागरिकहरुलाई लक्षित गर्दै आइपीओ निष्कासन गर्न लागिएको छ । रूरू जलविद्युत परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि उक्त क्षेत्रका नागरिकहरुलाई लक्षित गर्दै आईपीओ निष्कासन गर्न लागेको हो ।
सरस्वती पूजाको शुभकामना
सरस्वती पूजाको शुभकामना माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरिदै छ । विशेष गरेर विद्यालयमा विद्यार्थीले सरस्वती पूजा धुमधामसँग मनाउने गर्छन् । यो चाड नेपालमा मात्रै नभएर भारत, बर्मा बङ्गलादेश जस्ता हिन्दू बाहुल्य रहेको ठाउँमा मनाउने चलन छ ।
चन्द्र भण्डारीले भने ‘कम्युनिष्टहरु विकास र समाज विरोधी भए’
चन्द्र भण्डारीले भने ‘कम्युनिष्टहरु विकास र समाज विरोधी भए’ नेपाली काँग्रेसका केन्दीय सदस्य डा.चन्द्र भण्डारीले कम्युनिष्टहरु विकास र समाज विरोधी भएको बताएका छन् । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा गुल्मीको तम्घासमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै भण्डारीलेयस्तो बताएका हुन् ।
पाल्पामा पनि काँग्रेसको सरकार विरुद्ध प्रदर्शन
पाल्पामा पनि काँग्रेसको सरकार विरुद्ध प्रदर्शन प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको नेपाली काँग्रेसले पाल्पा आज पनि विरोध प्रदर्शन गरेको छ । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा पाल्पामा पनि गरेको हो । सिल्खानटोलस्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली टुडिँखेल, नाराणस्थान, तेस्रो सडक, हुँदै विशाल बजार पुगेर कोण...
अण्डा र झण्डा वितरण :
अण्डा र झण्डा वितरण : माथागढी गाउँपालिका २ रुप्सेका गर्भवती महिलालाई अण्डा र झण्डा वितरण गर्दै वडा अध्यक्ष जनक रिजेल र स्वास्थ्यचौकी प्रमुख यमबहादुर चिदी ।
बगनासकालीले बर्थिङ सेन्टर सहितको स्वास्थ्यचौकी भवन निर्माण गर्दै
बगनासकालीले बर्थिङ सेन्टर सहितको स्वास्थ्यचौकी भवन निर्माण गर्दै जिल्लाको बगनासकाली गाउँपालिकाले आम नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बर्थिङ सेन्टर सहितका स्वास्थ्यचौकी भवन निर्माण गर्न थालेको छ । गाउँपालिका भित्र रहेका स्वास्थ्यचौकी भवनहरु आधुनिक र व्यवस्थित नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असहज भइरहेका बेला गाउँपालिकाले आधुनिक भवन सहितका स्वास्थ्यचौकीहरु निर्माण गर्न लागेको हो ।
नेमकिपाको पुस्तक प्रदर्शनी
नेमकिपाको पुस्तक प्रदर्शनी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफ्नो ४७ औं स्थापना दिवसको अवसरमा तानसेनको शित्तलपाटीमा राखेका पुस्तकहरुको अवलोकन गर्दै पाल्पालीहरु । पुस्तक प्रदर्शनीमा विभिन्न क्रान्तिकारी पुस्तक, मजदुर किसानका कुराहरु समेटिएका पुस्तक तथा पत्रपत्रिकाहरु र अन्तर्राष्ट्रियस्तरका पुस्तकहरु राखिएको थियो । प्रदर्शनीमा साहित्यकार, पत्रकार, मजदुर, विद्यार्थी, व्यवसायीहरुले अभिरुचीपूर्वक अवलोकन गरेका थिए ।   
गुल्मीका होटल र रेष्टुरेण्टको स्तरीकरण गरिने
गुल्मीका होटल र रेष्टुरेण्टको स्तरीकरण गरिने जिल्लामा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता मूल्याङ्कन गरेर स्तरीकरण गरिने भएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले गुल्मीका होटल तथा रेस्टुरेण्ट स्तरीकरण गर्ने भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा र तम्घासका होटल व्यवसायीहरु बिच छलफल गरी स्तरीकरणको लोगो वितरण गर्न...
Weather Update