
पाल्पा । प्राज्ञिक विद्यार्थी परिषद नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुष्कर राज रेग्मी निर्वाचित भएका छन् । परिषद्को तानसेनमा भएको दोस्रो प्रदेश अधिवेशनले रेग्मीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
उनले पाल्पाको शिक्षा, स्वास्थ्य, साहित्य र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आएका छन् । नवनिर्वाचित अध्यक्ष रेग्मीले परिषद्लाई थप सवल, सक्षम र सक्रिय बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले इतिहास र संस्कृतिको संरक्षण गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै अगाडि बढ्ने बताए । अधिवेशनले उपाध्यक्षहरुमा शोभाकान्त न्यौपाने, कमल कोइराला, विकास श्रेष्ठ, सचिवमा त्रिसना खराल, सह–सचिवमा बद्री भट्टराईलाई चयन गरेको छ । त्यस्तै छात्रा प्रमुखमा दिक्षा ढकाल र मिडिया प्रमुखमा प्रेरणा नेपाललाई चयनको परिषद्ले जनाएको छ ।
परिषद् नेपाल राष्ट्र पुनर्निर्माणको उत्तदायी र पवित्र लक्ष्य लिएर देशको मौलिक, संस्कृति र राष्ट्रियताको संरक्षण र प्रवद्र्धन गरी देशको गरीमालाई उच्च स्वाभिमानका साथ विश्वमान चित्रमा समृद्धशाली राष्ट्रको रुपमा स्थापित गर्नका लागि शिक्षा, सामाजिक एवं राष्ट्रिय स्तरमा कार्यरत नेपालको स्वतन्त्र विद्यार्थी संगठन हो । परिषद्ले हाल देशका ७७ वटै जिल्लामा आफ्नो संगठनिक कार्य अगाडि बढाउदै आएको छ ।