पाल्पाको बगनासकालीमा अवैध भरूवा बन्दुक सहित एक जना पक्राउ

पाल्पा, जिल्लाको बगनासकालीमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बगनासकाली गाउँपालिका ४ महछापका २१ वर्षीय प्रेमबहादुर कनौजेलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
कनौजेले घरमा लुकाईछिपाई गरी अवैध भरुवा बन्दु राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्दा १ नाले भरुवा बन्दुक एक थान र निर्माण गर्दै गरेको १ नाले भरुवा बन्दुक १ थान गरी दुई थान भरुवा बन्दुक फेला पारेको छ ।
प्रहरीले उनलाई १ नाले दुई थान भरुवा बन्दुक सहित पक्राउ गरेको जनाएको छ । अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा कनौजेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्